News Portal

  • केपी ओली भष्मासुर भएर निस्किए, संसद विघटनपछि मुलुक राजनीतिक अस्थिरतातर्फ गयो: खनाल

    हिमालीसंचार संवाददाता
    २५४ पटक

    काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा दिएका छन्।

    सम्मानित नेता खनालले ओलीले संसद विघटन गरेकाले मुलुकमा राजनीतिक अस्थिरता बढेको र नेपालको राजनीतिलाई दक्षिणपन्थीदिशातर्फ लगेको आरोप पनि लगाए।

    पार्टी निकट प्रवासी नेपाली मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई तिहाइ कम्युनिष्टहरुको शक्ति रहेको संघीय संसदलाई ओलीले विघटन गरेपछि नेपालको कम्युनिष्ट आन्दोलन पनि विखण्डन र विभाजनको मारमा परेको जिकिर गरे।

    उनले कम्युनिष्ट आन्दोलनलाई विखण्डन गर्ने ओलीको गलत कदमको विरोधमा आफूहरूले एमालेबाट विद्रोह गर्नुपरेको पनि बताए।

    खनालले भने, हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गराउँदै नेकपामा पु¥याईसकेका थियौँ। जुन नेकपामा पुर्याउँदाखेरी १० लाख पार्टी सदस्यहरू हामी थियौँ। संघीय संसदमा हामी करिब दुई तिहाइ बहुमतमा थियौँ। र, यो देशका अहिलेका सात वटा प्रदेश मध्ये हामी ६ वटामा पूर्ण बहुमतमा थियौँ। र तल अहिले रहेका ७५३ वटा पालिकाहरू मध्ये हामी ४ सय भन्दा बढीमा बहुमत प्राप्त गरिसकेका थियौँ। देश बाममय बन्दै गइरहेको थियो। तर जब त्यस्तो शक्तिको नेतृत्व गर्ने ठाउँमा जुन नेतालाई हामीले पुर्यायौं, उनी निस्किए–भष्मासुर।

    यो भष्मासुरको कारणले गर्दाखेरि उनले यो कम्युनिष्ट आन्दोलनलाई क्रमिक रूपले दक्षिणपन्थतर्फ अधोगतितिर बढाउँदै लैजाने काम भयो। र आफ्नै बहुमत मात्रै होइन, दुई तिहाइ बहुमत भएको संसदलाई विघटन गर्ने काम भयो। जसले गर्दाखेरि नेपालको राजनीतिलाई दक्षिणपन्थीभासतर्फ लग्ने, अस्थिरतातर्फ लैजाने, कम्युनिष्ट आन्दोलनलाई दिशाहीन बनाउने यो कामहरु भयो। जसको परिणाम कम्युनिष्ट आन्दोलन फेरि विभाजन र विखण्डनतर्फ लागेको छ। यो विखण्डन र विभाजनकै परिणाम स्वरूप हामीले पनि त्यो गलत कुरा विरुद्ध विद्रोह गर्नुपर्यो।

    सम्मानित नेता खनालले आफूहरूले दक्षिणपन्थी अवसरवादी विरुद्धको सङ्घर्षलाई अघि बढाउने गरी नेकपा एसलाई अघि बढाएको दाबी पनि गरे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...

    रवि बाहिरिएपछि मात्रै हस्ताक्षर गराइयो : जेलर जोशीको खुलासा

    काठमाडौँ, कार्तिक १८ – जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु...