News Portal

केपी ओली भष्मासुर भएर निस्किए, संसद विघटनपछि मुलुक राजनीतिक अस्थिरतातर्फ गयो: खनाल

हिमालीसंचार संवाददाता
३३४ पटक

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा दिएका छन्।

सम्मानित नेता खनालले ओलीले संसद विघटन गरेकाले मुलुकमा राजनीतिक अस्थिरता बढेको र नेपालको राजनीतिलाई दक्षिणपन्थीदिशातर्फ लगेको आरोप पनि लगाए।

पार्टी निकट प्रवासी नेपाली मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई तिहाइ कम्युनिष्टहरुको शक्ति रहेको संघीय संसदलाई ओलीले विघटन गरेपछि नेपालको कम्युनिष्ट आन्दोलन पनि विखण्डन र विभाजनको मारमा परेको जिकिर गरे।

उनले कम्युनिष्ट आन्दोलनलाई विखण्डन गर्ने ओलीको गलत कदमको विरोधमा आफूहरूले एमालेबाट विद्रोह गर्नुपरेको पनि बताए।

खनालले भने, हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गराउँदै नेकपामा पु¥याईसकेका थियौँ। जुन नेकपामा पुर्याउँदाखेरी १० लाख पार्टी सदस्यहरू हामी थियौँ। संघीय संसदमा हामी करिब दुई तिहाइ बहुमतमा थियौँ। र, यो देशका अहिलेका सात वटा प्रदेश मध्ये हामी ६ वटामा पूर्ण बहुमतमा थियौँ। र तल अहिले रहेका ७५३ वटा पालिकाहरू मध्ये हामी ४ सय भन्दा बढीमा बहुमत प्राप्त गरिसकेका थियौँ। देश बाममय बन्दै गइरहेको थियो। तर जब त्यस्तो शक्तिको नेतृत्व गर्ने ठाउँमा जुन नेतालाई हामीले पुर्यायौं, उनी निस्किए–भष्मासुर।

यो भष्मासुरको कारणले गर्दाखेरि उनले यो कम्युनिष्ट आन्दोलनलाई क्रमिक रूपले दक्षिणपन्थतर्फ अधोगतितिर बढाउँदै लैजाने काम भयो। र आफ्नै बहुमत मात्रै होइन, दुई तिहाइ बहुमत भएको संसदलाई विघटन गर्ने काम भयो। जसले गर्दाखेरि नेपालको राजनीतिलाई दक्षिणपन्थीभासतर्फ लग्ने, अस्थिरतातर्फ लैजाने, कम्युनिष्ट आन्दोलनलाई दिशाहीन बनाउने यो कामहरु भयो। जसको परिणाम कम्युनिष्ट आन्दोलन फेरि विभाजन र विखण्डनतर्फ लागेको छ। यो विखण्डन र विभाजनकै परिणाम स्वरूप हामीले पनि त्यो गलत कुरा विरुद्ध विद्रोह गर्नुपर्यो।

सम्मानित नेता खनालले आफूहरूले दक्षिणपन्थी अवसरवादी विरुद्धको सङ्घर्षलाई अघि बढाउने गरी नेकपा एसलाई अघि बढाएको दाबी पनि गरे।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...