News Portal

  • अल्पमतमा प्रधानमन्त्री प्रचण्ड, एमालेका मन्त्रीहरुले बुझाए राजिनामा

    हिमालीसंचार संवाददाता
    २३५ पटक

    काठमाडौ। सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले साथ छाडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन्।

    बुधबार प्रधानमन्त्रीलाई भेटेर एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका हुन्। साथै, प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय पनि एमालेले औपचारिकरूपमा जानकारी गराएको छ।

    गत सोमबार मध्य राति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सत्ता सहयात्राबारे सहमति गरेको एमालेले मंगलबार राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्ग प्रशस्त प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको थियो। यसका लागि उसले २४ घण्टाको समय दिएको थियो।

    एमाले नेताहरूका शब्दमा, सम्मानजनक बहिर्गमनका लागि प्रधानमन्त्रीलाई यो समय उपलब्ध गराइएको थियो। तर, उक्त अवधिभित्र प्रधानमन्त्रीले राजीनामा नबुझाएपछि बुधबार एमालेका मन्त्रीहरू आफैँ पुगेर राजीनामा दिएका हुन्।

    एमालेका ७८ सांसदको समर्थनसहित २०७९ पुस १० गते प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। यो समीकरण भने गत फागुन २१ गते मात्र बनेको थियो।

    सुरूमा एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्ड राष्ट्रपतिको चुनावमा कांग्रेससँग मिल्न पुगेका थिए। गत फागुनमा कांग्रेसको साथ छाडेर उनी एमालेतिर मिलेका थिए।

    अहिले एमाले र कांग्रेस एकातिर हुँदा प्रचण्ड स्पष्टरूपमा अल्पमतमा परेका छन्। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बुधबारको बैठकले एमालेसँग सत्ता साझेदारी गर्ने सहमति अनुमोदन गर्दै प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न भनिसकेको छ।

    कांग्रेस र एमालेले सरकार छाड्न भनिसके पनि प्रचण्ड भने संसदबाट विश्वासको मत लिने भनिरहेका छन्। मंगलबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले संविधानले दिएको ३० दिनको सुविधा उपयोग गर्दै विश्वासको मत लिने बताएका थिए।

    यदि उनले फेरि विश्वासको मत लिएमा यो पाँचौँपटक हुनेछ। प्रचण्डले यसअघि चार पटकसम्म विश्वासको मत लिइसकेका छन्।

    ०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पहिलोपटक ०७९ पुस २६ मा पहिलोपटक विश्वासको मत लिएका थिए। त्यतिबेला २ सय ७० सांसद उपस्थित हुँदा प्रचण्डले २ सय ६८ मत प्राप्त गरेका थिए।

    त्यसपछि २०७९ फागुन दोस्रो साता प्रधानमन्त्री प्रचण्डले सत्ता सहयात्रीहरू परिवर्तन गरे। सत्ता सहयात्री दलहरू फेरबदल भएपछि उनले दोस्रोपटक ०७९ चैत ६ गते विश्वासको मत लिए।

    त्यतिबेला उनले १ सय ७२ सांसदको समर्थन पाए। त्यसबेला संसद्‌मा २ सय ६२ सांसद उपस्थित थिए। त्यसपछि उनले गत फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिए। त्यतिबेला प्रधानमन्त्री प्रचण्डले १ सय ५७ सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका थिए।

    चौथोपटक गत जेठ ७ गते विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले १ सय ५७ सांसदको समर्थन प्राप्त गरेका थिए। यदि उनी फेरि पनि सरकार टिकाउने प्रयासमा लागे अबको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

    सत्ता सहयात्री दलले सरकारको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। कांग्रेस र एमालेले भने प्रचण्डले केही दिनमै राजीनामा दिने विश्वास लिएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २३ गतेको राशिफल

    आज भदौ २३, २०८२ (सेप्टेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमान घिसिङको पनि साथ, जनाए ऐक्यबद्धता

    काठमाडौँ। उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन...

    जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

    काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी...

    बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

    काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा...

    दुर्गा प्रसाईं जेएनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

    काठमाडौँ, भदौ २२  – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्।...