News Portal

प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने

हिमालीसंचार संवाददाता
३४१ पटक

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने विश्वासको मत लिने लिने निर्णय लिने तयारी गरेका छन्।

उनले सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता नलिएका कारण राजीनामा नदिएर विश्वासको मत लिने अडान लिएका हुन्। माओवादी पदाधिकारी बैठकमा प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने बताएका हुन्।

माओवादी सचिव तथा सांसद देवेन्द्र पौडेलले भने, ” सरकारमा सहभागी दल कसैले पनि समर्थन फिर्ता लिनुभएको छैन। त्यो कारण प्रधानमन्त्रीजीले संविधानअनुसार ३० दिनमा विश्वासको मत लिनुहुन्छ। आज पदाधिकारी बैठकमा यही विषयमा छलफल भएको छ।”

उनले सरकारमा सहभागी दलहरूले आज नै फिर्ता लिए भने के गर्नुहुन्छ भन्ने प्रश्नमा भने, ‘पहिला फिर्ता लिइसकेपछि त्यसको निर्णय हुन्छ।’

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...