News Portal

नेपाल पत्रकार महासंघ केन्द्रकाे निर्वाचन प्रकृयामा वञ्चित गरिएकोमा वैदेशिक शाखाहरुको संयुक्त विरोध !

हिमालीसंचार संवाददाता
२८७ पटक

कुवेत– पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ केन्द्रकाे निर्वाचन प्रकृयामानिर्वाचन प्रकृयामा वञ्चित गरिएकोमा वैदेशिक शाखाहरुले संयुक्त विरोध गरेका छन्। असार १४ गते प्रकाशित अन्तिम नामावलीमा प्रवास/वैदेशिक शाखाका सदस्यहरुलाई निर्वाचन प्रकृयामा बन्चित गरिएकोमा हामी प्रवास शाखाहरु आपत्ति प्रकट गर्दै यस अलोकतान्त्रिक कदमको घोर बिरोध गरेका छन्।

नेपाल पत्रकार महासंघको बिधानको परिच्छेद ५ को दफा १६ को उपदफा ४ अनुसार निर्वाचनमा सम्पूर्ण सदस्यहरुले मत हाल्न पाउनु पर्ने स्पष्ट प्रावधान हुँदा-हुँदै बिभिन्न बहाना बनाएर प्रवास शाखाका सदस्यहरुलाई वञ्चित गर्नुले निर्वाचनको बैधता माथि प्रश्न उठेको छ।

बिभिन्न जोखिमहरु मोलेर विदेशमा रहेका ५० लाख नेपालीहरु बिच पत्रकारिता गर्दै आईरहेका सयौं पत्रकारहरुलाई गरिएको यो उपेक्षा कुनै हालतमा पनि सैह्य हुँदैन। महासंघका अध्यक्ष लगायत पदाधिकारीहरुलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि लोकतन्त्रको पहरेदार रहेको संस्थाले आफ्ना सदस्यहरुलाई मतदान प्रकृयामा बन्चित गरेर गरेको निर्वाचन लोकतन्त्रको मुल्य र मान्यता बिपरित हुने भन्दै वैदेशिक शाखाहरुले संयुक्त विरोध गरेका छन्।

तसर्थ, आगामी असार २२ गते हुने भनिएको उक्त निर्वाचनमा प्रवास शाखाका सदस्यहरुलाई तत्कालको लागि शाखाले सिफारिस गरे बमोजिम वा नेपालमा सम्बन्धित शाखाहरु मार्फत निर्वाचन प्रकृयामा सामेल गर्न गराउन प्रेस विज्ञप्ति मार्फत अनुरोध गरेका छन्।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...