आज : २०२६-०७-०९, बिहीबार

बालकोटमा ओली र देउवाबीच ३ घण्टा कुराकानी

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार तीन घण्टा कुराकानी भएको छ।

ओली निवास बालकोटमा शनिबार दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म देउवा र ओलीबीच छलफल भएको हो।

छलफलमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा पत्नी आरजु राणा पनि सहभागी थिइन्।

देउवा र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रम लगायतका विभिन्न विषयमा छलफल भएको स्रोतले जनाएको छ।