News Portal

गण्डकीमा फणीन्द्र र दीपक मनाङे मन्त्री बन्दै, आजै नीति तथा कार्यक्रम

हिमालीसंचार संवाददाता
३६७ पटक

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फणीन्द्र देवकोटा र राजीव गुरुङ ‘दीपक मनाङे’लाई साथ लिएर आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। दुबै जनाको ११ बजेपछि सपथको तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

माओवादी चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ह्वीप जारी भए पनि सुरेन्द्रराजलाई विश्वासको मत दिएका थिए। आज उनै फणीन्द्र मन्त्री नियुक्त भएर सपथ गराउने कार्यक्रम तय भएको मुख्यमन्त्री पाण्डेले बताएका छन्।

देवकोटासँगै मनाङका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गण्डकीमा छैटौं पटक मन्त्री हुँदैछन् । सत्ताको खेललाई आफ्नो पक्षमा पार्दै आएका मनाङे यसपटक पनि भौतिक पूर्वाधारमै दोहोरिने नेताहरुले बताइरहेका छन्।

देवकाटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय पाउने बताइएको छ। फणीन्द्र अहिले माओवादी कोटाबाटै संसदको सामाजिक विकास समिति सभापति छन्।

माओवादी चुनाव चिह्नबाट प्रधानमन्त्री प्रचण्डसँगै चुनाव लडेको देवकोटाले आफू अलग्गै पार्टीको सांसद भएको बताउँदै आएका थिए भने माओवादीले फ्लोर क्रस गर्ने देवकोटालाई कारबाही गर्ने बताइरहेको छ। तर, फ्लोर क्रस गरेवापत फणीन्द्रले मन्त्री पाउने भएका हुन्।

६० सदस्यीय प्रदेश सभामा जता ३० पुग्छ उतै बहुमत पुर्‍याउने बताउँदै आएका मनाङेलाई सुरेन्द्रराजले नै दोस्रो पटक भौतिक मन्त्री बनाउँदै छन्। माओवादीले समर्थन फिर्ता लिएपछि सत्ता आफ्नो पक्षमा पार्ने रणनीतिअनुसारै मनाङेलाई गत वैशाख ५ गते सुरेन्द्रराजले भौतिक भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी दिएका थिए।

विश्वासको मत पाएलगत्तै मन्त्रिपरिषद् विस्तार गरेर आजै नीति तथा कार्यक्रम ल्याउने तयारी मुख्यमन्त्री पाण्डेले गरेका हुन्।

राप्रपा अनिर्णित बन्दा संविधानको धारा १६८(३) बमोजिम ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री बन्ने रणनीति बनाएका पाण्डेलाई रोक्दै सभामुखकोसमेत मत प्रयोग गरेर उपधारा २ अनुसार नै एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भए। खगराजले दाबी पेश गर्दा साथ दिएका मनाङे दोस्रो पटक पनि भौतिक पूर्वाधारमै दोहोरिएका थिए।

सभामुखले बलमिच्याइँ गरेको भन्दै दुई पटकसम्म अदालत पुगेको कांग्रेसका पाण्डेलाई सर्वोच्चले ठूलो दलको नेताको हैसियतमा नै मुख्यमन्त्री नियुक्त गर्न आदेश गर्‍यो र खगराज पदमुक्त भएपछि पाण्डे गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका हुन्।

२७ सांसदसहित मुख्यमन्त्री भएका पाण्डेले राप्रपाका २, नेसपाका फणिन्द्र र स्वतन्त्र सांसद मनाङेलाई आफ्नो पक्षमा पार्दै विश्वासको मत जित्न सफल भएका हुन्। विपक्षमा एमालेका २२, माओवादीका सभामुख र फणिन्द्रबाहेक ६ जना गरी २८ मत पर्‍यो। आफ्नो मतले बहुमत पुग्ने देखेपछि सुरेन्द्रकै पक्षमा उभिएका मनाङे भौतिक मन्त्रालयमै तेस्रो पटक दोहोरिँदै छन् भने यसअघि ३ पटक खेलकुदमन्त्री भइसकेका छन्।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...