News Portal

  • शिक्षामन्त्रीमाथि ओेलीको टिप्पणी स्तरहीन राजनीति : विश्वप्रकाश शर्मा

    हिमालीसंचार संवाददाता
    ३४३ पटक

    काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले शिक्षामन्त्रीका विषयमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणी गलत भएको बताएका छन्।

    बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले विवाह गर्नु व्यक्तिगत स्वतन्त्रता रहेको भन्दै त्यसलाई आधार बनाएर कसैमाथि टिप्पणी गर्नु स्तरहीन राजनीति भएको बताए।

    “विवाह कसले कोसँग गर्ने, नितान्त व्यक्तिगत स्वतन्त्रताको कुरा हो। अघिल्लो पुस्ताको अग्रज नेताहरूले पछिल्ला पुस्ताको जुनसुकै दलका नेता हुन्, उदाउँदो कुनै पनि राजनीतिक दललाई निरुत्साहित गर्नुहुन्न, प्रोत्साहित गर्नुपर्छ,” शर्माले भने, “प्रधानमन्त्रीको उचाइमा पुग्नुभएको नेताहरूले एक अलग सम्मानमा रहनुपर्छ। जोसँग जहाँ पनि जोरी खोज्न मैदानमा उत्रनुहुन्न।”

    उनले कसैलाई निष्ठुरी साइँला भन्दिने, कसैलाई बैगुनी कान्छा भन्दिने कुरा स्वभनीय नभएको बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापा चार जिल्लाबाट सिफारिस, काठमाडौं–४ नै थापाको पहिलो रोजाइ

    काठमाडौँ, मंसिर २४ – आगामी संघीय निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चार जिल्लाबाट...

    बहुविवाह मामिलामा डीएसपी मधु नेपाल पक्राउ, तीन दिनको म्याद थप

    बुटवल, मंसिर २४ – बहुविवाहको आरोपमा नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक मधु नेपाललाई रुपन्देही...

    धादिङका एलिजर तामाङ फागुन २१ को संघीय चुनावमा उम्मेदवार दिने

    धादिङ – धादिङ जिल्ला गङ्गा जमुना गाउँपालिका–१ निवासी समाजसेवी एलिजर तामाङले आगामी फागुन २१ गते...

    आज २०८२ साल मंसिर २४ गतेको राशिफल

    आज मंसिर २४, २०८२ (डिसेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसवाई प्यानल नेप्सेमा सूचीकृत, कारोबार बुधबारदेखि सुरु हुने

    काठमाडौं, २३ मंसिर – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा नयाँ कम्पनी एसवाई प्यानलको सेयर सूचीकृत भएको...