News Portal

शिक्षामन्त्रीमाथि ओेलीको टिप्पणी स्तरहीन राजनीति : विश्वप्रकाश शर्मा

हिमालीसंचार संवाददाता
३८९ पटक

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले शिक्षामन्त्रीका विषयमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणी गलत भएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले विवाह गर्नु व्यक्तिगत स्वतन्त्रता रहेको भन्दै त्यसलाई आधार बनाएर कसैमाथि टिप्पणी गर्नु स्तरहीन राजनीति भएको बताए।

“विवाह कसले कोसँग गर्ने, नितान्त व्यक्तिगत स्वतन्त्रताको कुरा हो। अघिल्लो पुस्ताको अग्रज नेताहरूले पछिल्ला पुस्ताको जुनसुकै दलका नेता हुन्, उदाउँदो कुनै पनि राजनीतिक दललाई निरुत्साहित गर्नुहुन्न, प्रोत्साहित गर्नुपर्छ,” शर्माले भने, “प्रधानमन्त्रीको उचाइमा पुग्नुभएको नेताहरूले एक अलग सम्मानमा रहनुपर्छ। जोसँग जहाँ पनि जोरी खोज्न मैदानमा उत्रनुहुन्न।”

उनले कसैलाई निष्ठुरी साइँला भन्दिने, कसैलाई बैगुनी कान्छा भन्दिने कुरा स्वभनीय नभएको बताए।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...