News Portal

  • साग पसल खोल्दै छुः मिलन लिम्बु

    अविन माबो, इलाम
    ६९८ पटक

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग पसलका विषयमा अब “साग पसल खोल्दै छु” भन्दै सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।

    उनले लेखेका छन् “निर्वाचन अगाडि पत्रकार साथीहरूले प्रश्न गर्ने गर्नुहुन्थ्यो पत्रकारिता छोडेर राजनीतिमा आउनु भयो । निर्वाचनमा सहभागी हुनु भएको छ, जित्नु भयो भने त सांसद बन्नु हुन्छ, हार्नु भयो भने के गर्नु हुन्छ?” 

    उनले सामाजिक संजालमार्फत जबाफ दिदै भनेका छन्। “सांसद भए सदनमा जनताको आवाज उठाउने छु । नभए साग बेचेरै भए पनि जनताको सेवा गर्छु।” 

    उनले थप भनेका छन् “प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा रहेका एउटा उम्मेदवारले ‘साग बेचेरै भए पनि जनताको सेवा गर्छु’ भन्दै गर्दा धेरैलाई अनौठो लाग्यो। जसलाई अनौठो लाग्यो उसलाई श्रम र हाम्रा इलामका सम्भावनाहरू थाहै छैन।”  जसलाई, श्रम गरेर होइन, अनैतिक आर्जनबाट जीवन धान्न बानी परेको छ। त्यसैले यो विषयलाई ‘ट्रोल’ बनाउने कोसिस भयो । त्यसमा भन्नु केही छैन । उनले सामाजिक संचालमार्फत नै प्रति प्रश्न समेत गरेका छन्। 

    उनले इलाम-२ को उपनिर्वाचनमा चौथो स्थानमा सान्त्वना मत प्राप्त गरेका लिम्बुले थप इलामको विषयमा स्पष्ट पार्न खोजेका छन्। 

    इलाम र कृषि उत्पादनः इलाम कृषिजन्य उत्पादनको दृष्टिले प्रचुर सम्भावना भएको जिल्ला हो। तर, यहाँको कृषिजन्य उत्पादनले उचित बजार पाएको छैन। उत्पादन बढाउँदै बजारसम्म पुर्‍याएर कृषकको जीवनस्तर उकास्न थोरै भए पनि योगदान गर्नु छ । यो योजना अनुरूप मैले साग बेचेरै भए पनि जनताको सेवा गर्छु भनेको हुँ । 

    साग पसल खोल्दै छौँः हामी इलामेली युवा मिलेर छिट्टै नै साग पसल अर्थात् कृषिजन्य उत्पादनको बजारीकरणका लागि काम गर्दै छौँ। यसका आधारभूत कामहरू सुरु भइसकेका छन् । किसानबाट सङ्कलन गर्न सकिने कृषिजन्य उत्पादनको सूची तयार भएको छ। यसका सम्भावित बजारबारे अध्ययन भएको छ। हामी छिट्टै नै उत्पादन, सङ्कलन र बजारीकरणको अवस्थामा पुग्ने छौँ। छिट्टै नै हाम्रो साग पसल देख्न पाउनुहुने छ ।

    साग बेचेर के हुन्छ? हाम्रो क्षमताले भ्याएसम्म कृषकको उत्पादनलाई बजारसम्म पुर्‍याउँदा कृषकको जीवनस्तर उकास्न सहयोग पुग्ने छ । त्यसपछि, सोही व्यवसायबाट हामी युवा पनि आत्मनिर्भर हुने छौँ । 

    राजनीति पेसा होइन । राजनीतिलाई पेसा बनाउनु हुँदैन। म राजनीतिलाई पेसा बनाउने गलत प्रवृत्तिको पक्षमा छैन। त्यस कारण राजनीति मेरा लागि सेवा हुने छ, जीवन धान्न कृषिजन्य उत्पादन र बजारीकरण मेरो पेसा हुने छ। यसै कर्मबाट नै इलामेली जनताको सेवा गर्ने छु ।
    भन्दै आएको थिएः
    – म अकबरे उम्मेदवार हुँ
    – म अलैँची उम्मेदवार हुँ
    – म अम्लिसो उम्मेदवार हुँ
    – म ओलन उम्मेदवार हुँ अर्थात् इलामका कृषक र कृषि उत्पादनको उम्मेदवार हुँ। र, आज पनि भन्छु-साग बेचेरै भए पनि जनताको सेवा गर्छु। उनले साग सब्जीको प्रतिकात्मक तस्वीर पोष्ट गर्दै यस्तो बताएका हुन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अवैध आप्रवासीको उद्धार: अमेरिका र म्यानमारबाट फर्काइए ७२ नेपालीहरू

    काठमाडौं, मंसिर ४ – अवैध आप्रवासनमा परेका नेपालीको मुद्दा थप गम्भीर बन्दै गएको छ। यही...

    ओलीको आरोप: ‘भदौ २४ का अराजक लाभग्राहीले नै राज्यसत्ता समाते’

    काठमाडौं, मंसिर ४ – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पेश गरिएको लिखित जवाफमार्फत एमाले अध्यक्ष...

    सिमरामा तनाव कायमै, कर्फ्यू जारी राख्दै प्रदर्शन नियन्त्रणमा कठिनाइ

    बारा, मंसिर ४ – बाराको सिमरा क्षेत्रमा बुधबार देखिएको तनाव आज पनि उस्तै छ। एमाले...

    रवि–छविको मुद्दा फेरि रोकियो, उच्च अदालत बुटवलमा सुनुवाइ स्थगित

    रुपन्देही, मंसिर ४ – रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीसम्बन्धी सुप्रिम सहकारी ठगी मुद्दामा...

    आज २०८२ साल मंसिर ४ गतेको राशिफल

    आज मंसिर ४, २०८२ (नोभेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...