News Portal

  • इलाम-२ उपनिर्वाचन ताजा मतगणनाको मतपरिणाम सार्वजनिक एमालेले लियो अग्रता

    अविन माबो, इलाम
    ३३८ पटक

    बैशाख -१६, आइतबार/इलाम – इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिकाको वडा नं. १, २, ३ र ४ को अहिलेसम्मको मतगणना सकिएको छ। पछिल्लो मतगणनाअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले २५ सय ४१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१ सय ९७ मत प्राप्त गरेका छन्। 

    इलाम -२ को पछिल्लो मतगणना परिणाम अनुसार  स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ५९३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३७९ मत प्राप्त गरेका छन् । 

    हिजो शनिबार भएको उपनिर्वाचनमा इलाम-२ मा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। इलाम क्षेत्र नं.२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेका थिए। यो उपनिर्वाचनबाट १२ राजनीतिक दलका र ७ जना स्वतन्त्र उम्मेद्वार सहित १९ जना चुनावी प्रतिष्पर्धामा रहेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...