News Portal

एमालेसँग झोक्किए कांग्रेस सभापति देउवा, मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

हिमालीसंचार संवाददाता
४२३ पटक

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई गाली गर्नमात्र लागेको टिप्पणी गरेका छन्।

नेकपाको हीरक महोत्सवमा विशेष सम्बोधन गर्न गोदावरीमा उपस्थित भएका पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आफू मदन भण्डारीको बारेमा राम्रै बोल्नेगरी आएपनि कार्यक्रमको बिचमै कांग्रेसलाई गाली गरेको भन्दै झोक्किन पुगेका थिए।

‘गाली गरेपछि जवाफ त दिनुपर्‍यो’, देउवाले सम्बोधन सुरु गर्दै भने, ‘मदन भण्डारी किन मरे भनेर किन भन्न सक्दैन एमाले ? मदन भण्डारीको रहस्यमय मृत्यु खोज्न कसले रोकेको छ ?’, उनले भने, ‘पछि ड्राइभर पनि मारियो।’ उनले मदन भण्डारीलाई आफूले राम्रो नेताका रूपमा चिन्ने भन्दै भने, ‘तर मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन ?’

उनले कांग्रेसलाई गाली गरेर केही नहुने भन्दै गाली गर्न छुट रहेको पनि बताए। तर मदनको हत्यारा पत्ता लगाउन कांग्रेसले नरोकेको देउवाको भनाइ छ।

‘कांग्रेसले रोकेको हो ? खोइ पत्ता लागेको हो। मलाई विरोध र गाली गरेर केही हुँदैन। तपाईहरुले पत्ता लगाउनुपर्‍यो’, देउवाले एमालेलाई चुनौती दिए।

प्रतिकृया दिनुहोस्

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...