News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

    हिमालीसंचार संवाददाता
    ३८७ पटक

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटघाटले सत्ता समीकरणमा तरंग ल्याएको छ।

    देउवा र नेपालबीच हिजो बेलुका काठमाडौँको गोल्फुटारस्थित कांग्रेसका नेताको घरमा भेटघाट भएको हो। सुदूरपश्चिममा एमालेले दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गरेपछि नेता नेपालले देउवासँग भेट गरेको बुझिएको छ।

    एमालेले अस्वीकार गरेपनि एकीकृत समाजवादीको हिजो बसेको सचिवालय बैठकले सोडारीलाई नै मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने निर्णय गरेको थियो। सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज अपराह्न ५ बजे सकिँदैछ।

    भेटमा वैकल्पिक गठबन्धन बनाउने विषयमा खुलेर छलफल भएको बुझिएको छ। स्रोतका अनुसार वैकल्पिक गठबन्धन बनाएर पहिला प्रदेशका सरकार बनाउने विषयमा पनि छलफल भएको छ। कांग्रेस र एकीकृत समाजवादी मिलेको अवस्थामा बागमती, सुदूरपश्चिम र मधेश प्रदेशमा सरकार बनाउन सकिने विषयमा समेत छलफल भएको बताइएको छ।

    त्यस्तै एकीकृत समाजवादीले अहिलेको सत्ता समीकरण छोडेमा जसपालाई पनि बाहिर ल्याउन सकिने आँकलन गरिएको छ। मधेस प्रदेशको सरकार संकटमा पर्ने वित्तिकै जसपाले केन्द्रको समीकरण छोड्ने विश्लेषण गरिएको छ।

    नेता नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक पटक धोका दिएको भन्दै वैकल्पिक गठबन्धनमा जान आफू तयार भएको देउवालाई विश्वस्त पारेको स्रोतले बताएको छ। एकीकृत समाजवादीले मात्र समीकरण छोड्दैमा केन्द्रमा असर नपरे पनि जसपाले समेत छोडेमा भने प्रचण्ड सरकार अल्पमतमा पर्ने देखिन्छ।

    देउवाले पनि पहिला एकीकृत समाजवादीलाई तयार गरेर जसपासँग कुरा गर्ने रणनीतिमा रहेको बुझिएको छ। प्रचण्ड नेतृत्वको सरकारलाई अल्पमतमा पार्न एकीकृत समाजवादीसँगै जसपा समेत बाहिरिनु पर्दछ।

    प्रतिनिधिसभामा जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन्। पछिल्लो पटक फागुन ३० गते विश्वासको मत पाउँदा प्रचण्डले १५७ मत पाएका थिए। त्यस आधारमा २२ मत कम हुँदा उनी १३५ मतसहित अल्पमतमा पर्नेछन्।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख २३, २०८२ (मे ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    झोलुङ्गे पुलबाट कुकुर खोलामा फ्याँक्ने घटना : मानवीयता बिर्सिएका दृश्यले देश आक्रोशित

    काठमाडौं, वैशाख २२ – देशभर अहिले एउटा डरलाग्दो भिडियोले सबैको मन काँपिएको छ। सामाजिक सञ्जालमा...

    बुधबार बागमती प्रदेशभर सार्वजनिक बिदा, सरकारी भाषा दिवसको अवसरमा निर्णय

    काठमाडौं, वैशाख २२ – बागमती प्रदेश सरकारले यही वैशाख २४ गते, बुधबारका दिन सार्वजनिक बिदा...

    प्रधानमन्त्री संसद भवन छिर्दै गर्दा पत्रकारको प्रश्नले चिढिए, बोले— ‘तरिका हुन्छ नि तपाईंहरूको!’

    काठमाडौं, वैशाख २२ – प्रतिनिधि सभाको सोमबारको बैठकमा राजनीतिक रूपमा फरक तर सन्देशमूलक दृश्य देखियो।...

    धनकुटामा यात्रुबाहक बस दुर्घटना : एक वृद्धाको मृत्यु, १४ यात्रु घाइते

    धनकुटा, वैशाख १२ – धरानबाट भोजपुरतर्फ गइरहेको यात्रुबाहक बस आज बिहान धनकुटा नगरपालिका–६ को गोठगाउँस्थित...