News Portal

  • समाजवादी उपाध्यक्ष पाण्डे भन्छन्- सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बन्छ, केन्द्रमा जे पनि हुन सक्छ !

    हिमालीसंचार संवाददाता
    २०९ पटक

    काठमाडौं। नेकपा एकीकृत समाजवादीले सरकार छाड्ने संकेत देखाएको छ। पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सहमति अनुसार गठबन्धनमा रहेका दलले पार्टीलाई जिम्मेवारी नदिएपछि जे पनि हुनसक्ने अवस्था भएको बताए।

    पाण्डेले भने ‘हामीलाई दिएको जिम्मेवारी अनुसार सरकार अगाडि नबढेपछि साथीहरूले नयाँ बाटो रोजेका छन्। कुरा स्पष्ट छ। सुदूरपश्चिमको मुख्यमन्त्री हामीलाई दिने सहमति भएको थियो। त्यहाँबाट सरकार पछि हटेको छ। यस्तो भएपछि के सहयात्रा होला र ?’

    सत्ता गठबन्धनले सुदूरपश्चिममा आफ्नो भागमा परेको मुख्यमन्त्री नाउपालाई दिने भएपछि समाजवादी आफ्नो बाटो लागेको उनले स्पष्ट पारे। उनले भने, ‘केन्द्रमा दुई वटा मन्त्री देऊ अनि हामी बाकी कुरामा चुप बस्छौँ भनेर हस्ताक्षर गरेको थियो र ? भाग अनुसार त पाउँनुपर्यो नि। सूदुरपच्चिममा कांग्रेससँग मिलेर नै सरकार बन्छ। अरू विकल्प छैन।’

    यसैबीच सुदूरपश्चिममा रेशम चौधरी पक्षका नेता लक्ष्मणकिशोर चौधरीलाई नेपाली कांग्रेस र समाजवादीले सहयोग गरेका छन्। उनलाई नेपाली कांग्रेसका १८, नाउपा रेशम पक्षका ५ र एकीकृत समाजवादीका ४ सांसदको साथ रहेको छ।

    यसो हुँदा उनको पक्षमा २७ सांसदले मतदान गर्ने देखिन्छ। प्रत्यक्षतर्फ एक स्वतन्त्र निर्वाचित सांसदले भने कसलाई सहयोग गर्ने खुलेको छैन। राप्रपाका एक संसद्को मत पनि लक्ष्मणकिशोरको पक्षमा आउने देखिन्छ।

    सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि बहुमतका लागि २६ सदस्यको समर्थन आवश्यक पर्छ। यसरी हेर्दा रेशम पक्षका नेता लक्ष्मणकिशोर बलियो देखिन्छन्। यता कैलाश चौधरीको पक्षमा २१ मत छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिए

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले आफ्नो...

    जेनजी आन्दोलनमा मृत्यु १९ पुग्यो, ३४७ घाइते उपचाररत

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर भड्किएको जेनजी आन्दोलनले गम्भीर रूप लिँदै...

    सुन्धाराको प्रहरी बिटमा आगजनी

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा भइरहेको आन्दोलन क्रममा जेन–जी युवाहरूले सोमबार सुन्धारास्थित...

    सामाजिक सञ्जालमार्फत ओलीलाई राजीनामा दिन सुमना श्रेष्ठको आग्रह

    काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा...

    कास्कीमा अनिश्चितकालीन कर्फ्यू, आन्दोलनकारी–प्रहरीबीच झडप

    कास्की, भदौ २३ – जेन–जी आन्दोलनका क्रममा उत्पन्न तनावका कारण कास्कीमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको...