News Portal

गृहमन्त्रीको राजीनामा माग्दै राप्रपा अध्यक्ष लिङ्देनले भने– हामी मर्न तयार छौँ !

हिमालीसंचार संवाददाता
३०० पटक
२०८० चैत २७ गते मङ्गलबार

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आन्दोलनबाट पछि नहट्ने बताएका छन्।

उनले मंगलबारको आन्दोलन गणतन्त्रप्रतिको ‘टेष्ट’ भन्दै यो भन्दा कडा आन्दोलन गर्ने बताए। निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले भद्रकाली नजिक रोकेपछि अध्यक्ष लिङ्देनले आन्दोलन नरोकिने बताए। साथै उनले प्रदर्शनकारीलाई अघि बढ्न दिन सुरक्षाकर्मीलाई बाटो छोड्न आग्रह गरेका थिए।

उनले आफ्ना कार्यकर्तालाई सिंहदरबारतर्फ अघि बढ्न निर्देशन दिएसँगै राप्रपा कार्यकर्ताहरू अघि बढ्न खोज्दो प्रहरीले रोकेपछि प्रदर्शनकारीले गृहमन्त्री र सरकारविरुद्ध नाराबाजी गरेका छन्।

त्यसक्रममा अध्यक्ष लिङ्देनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा समेत मागेका छन्।

उनले भने, ‘म गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, आजको दिनलाई हामी सम्झनामा राख्छौँ। अब हामी गृहमन्त्रीको राजीनामा माग्छौँ। ४० बुँदे मागमा एउटा यो बुँदा थपिएको छ।’ उनले भ्रष्टहरुलाई कति दिन हेलमेट लगाएर सुरक्षा दिनुहुन्छ भन्दै प्रहरीलाई प्रश्न समेत गरे।

प्रतिकृया दिनुहोस्

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...