News Portal

संसदको अवरोध खुलाउन बालुवाटारमा छलफल

हिमालीसंचार संवाददाता
२२५ पटक
२०८० चैत्र २७ गते मंगलबार

काठमाडौँ। संसदको अवरोध खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको छ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली तथा कांग्रेस महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी छन्।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको विषयमा संसदीय छानबिनको माग राखेर आज संसद बैठक अवरुद्ध गर्ने अडान जारी राखेपछि छलफल हुन लागेको बताइएको छ।

कांग्रेसको अडानका बीच सरकारका तर्फबाट गृहमन्त्री लामिछानेले संसदमा आज विधेयक पेश गर्ने तयारी गरेपछि संसदमा आज असहज अवस्था उत्पन्न हुन सक्ने अनुमान गरिएको छ।

यस अघि सोमबार सभामुख देवराज घिमिरेले बोलाएको छलफलमा सत्तापक्ष र विपक्षका आआफ्नै अडान दोहोराएपछि बैठक बिना निष्कर्षमा सकिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...