News Portal

कांग्रेसले टुंग्यायो उम्मेदवार: इलाममा डम्बर खड्का, बझाङमा अभिषेक सिंह

हिमालीसंचार संवाददाता
३३७ पटक
२०८० चैत २२ गते बिहीबार

काठमाडौं। नेपाली कांग्रेसले इलाम २ डम्बर खड्कालाई उम्मेदवार बनाएको छ। बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार टुंगो लगाएको एक नेताले जानकारी दिए।

खड्का ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए। बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए।

यसअघि बुधबार बसेको संसदीय बोर्डको बैठकमा सभापति देउवाले इलाम २ मा खड्का र बझाङ प्रदेशसभा १ मा सिंहको नाम प्रस्ताव गरेका थिए। ‘सभापतिज्यूले हिजो जे प्रस्ताव गर्नुभएको थियो आज त्यही निर्णय भयो’, बैठकमा सहभागी ती नेताले भने।

संसदीय बोर्डको निर्णयलाई बिहीबार नै बस्ने कार्यसम्पादन समितिले अनुमोदन गर्नेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...