News Portal

  • सरकार र प्रतिनिधि सभाको वेबसाइट डाउन, संसदमा उठ्यो प्रश्न

    हिमालीसंचार संवाददाता
    १७४ पटक
    २०८० चैत २० गते मंगलबार

    काठमाडौं। सरकारी कार्यालयहरु र संघीय संसदको वेबसाइट बारम्बार डाउन र ह्याक हुने गरेको भन्दै संसदमा प्रश्न उठेको छ। गत बिहीबार र शुक्रबार प्रतिनिधि सभाको वेबसाइट डाउन भएको थियो।

    यसअघि पनि संसदको वेबसाइट पटक–पटक डाउन भएका छन्। यसैगरी वेबसाइट ह्याक भएर संसदले प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा राखेका तत्कालीन सांसदहरुको भिडियो प्रोफाइल डिलिट भएको थियो।

    उक्त प्रोफाइल संसदले पुनः आफ्नो वेबसाइटमा अपलोड गर्न सकेको छैन। यस्तो समस्याले सरकारको क्षमतामाथि नै प्रश्न उठाएको बताउँछन् नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल।

    मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद पौडेलले भने, ‘नेपाल सरकारको वेबसाइट र सर्भर डाउन हुने र ह्याक हुने कुनै नयाँ विषय भएन।’

    गत बिहीबार र शुक्रबार प्रतिनिधि सभाको वेबसाइट नै डाउन भएको र त्रिभुवन विमानस्थलको अध्यागमन विभागको सर्भर बिहीबार डाउन भएको उनले संसदमा स्मरण गरे।

    ‘अध्यागमन विभागको सर्भर डाउन हुँदा सयौं यात्रु करिब चार घण्टा लाइनमा बस्नुपर्यो। जसले गर्दा रातिका सबै उडानहरु प्रभावित भए,’ सांसद पौडेलले थपे, ‘सोही दिन भन्सार विभाग आसिकोडा डाउन हुँदा भन्सार कार्यालयको काम करिब पाँच घण्टा अवरुद्ध भयो।’

    कांग्रेस सांसद पौडेलले यस्तो समस्यामा सरकार गम्भीर हुनुपर्ने बताए। ‘आजको मुख्य सम्पति भनेको डाटा हो। राज्यले आफ्नो डाटा त सुरक्षित गर्न सक्दैन भने नागरिकको डाटाको सुरक्षा कसरी गर्न सक्छ ?’ उनी थप्छन्, ‘सरकारको डिजिटल प्रतिबद्धता छैन भन्ने देखाउँछ। यसले नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा पनि बेइज्जत गराएको छ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २४ गतेको राशिफल

    आज भदौ २४, २०८२ (सेप्टेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिए

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले आफ्नो...

    जेनजी आन्दोलनमा मृत्यु १९ पुग्यो, ३४७ घाइते उपचाररत

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर भड्किएको जेनजी आन्दोलनले गम्भीर रूप लिँदै...

    सुन्धाराको प्रहरी बिटमा आगजनी

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा भइरहेको आन्दोलन क्रममा जेन–जी युवाहरूले सोमबार सुन्धारास्थित...

    सामाजिक सञ्जालमार्फत ओलीलाई राजीनामा दिन सुमना श्रेष्ठको आग्रह

    काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा...