News Portal

गृहमन्त्री लामिछानेमाथि छानविन समिति गठन गर्नुपर्ने काँग्रेसको अडान कायमै

हिमालीसंचार संवाददाता
२९४ पटक
२०८० चैत १७ गते

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ।

शनिवार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा काँग्रेसकी सचेतक सुशीला थिङले सो अडानमा आफूहरु कायमै रहेको बताएकी हुन्।

‘हामीले उठाएको विषय संसदीय छानविन समिति गृहमन्त्रीको विषयमा छलफल नभएसम्म हामीले सदन कसरी लैजाने भन्ने विषयमा भोली हामी पदाधिकारी बैठक बसेर छलफल गर्छौं’ उनले भनिन् ‘त्यसपछि मात्रै हामी सदनमा कसरी जाने भन्ने बारेमा निष्कर्षमा पुग्छौं।’

नेपाली काँग्रेसले उपप्रधानमन्त्री लामिछानेमाथि सहकारी ठगीबारे संसदीय छानविन समितिको माग गर्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ। बैठकमा सभामुख घिमिरेले सदंनको अवरोध हटाउनका लागि आग्रह गरेका थिए।

त्यस विषयमा भोली (आईतवार) बस्ने पार्टी पदधिकारी बैठकले आवश्यक निर्णय लिने पनि सचेत थिङले बताइन्। सचेतक थिङका अनुसार दलहरुबीच राजनीतिक दलसम्बन्धि विधेयक चैत्र २७ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेश गरिनेछ।

उनले भनिन्– प्रतिपक्षको तर्फबाट मैले राजनीतिक दलसम्बन्धि विधेयक चाँही विवादमा जोडिएको हुनाले त्यो विधेयक अहिले नल्याउ भन्ने सन्दर्भमा २७ गते सार्ने भन्ने हाम्रो सहमती भएको छ।

नेपाली काँग्रेसले सहकारीको विवादमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कुनै पनि विधेयक संसदमा प्रश्तुत गर्न नपाउने जिकिर गर्दै संसद अवरुद्ध पारेको थियो।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...