News Portal

  • गृहमन्त्री लामिछानेमाथि छानविन समिति गठन गर्नुपर्ने काँग्रेसको अडान कायमै

    हिमालीसंचार संवाददाता
    २१४ पटक
    २०८० चैत १७ गते

    काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ।

    शनिवार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा काँग्रेसकी सचेतक सुशीला थिङले सो अडानमा आफूहरु कायमै रहेको बताएकी हुन्।

    ‘हामीले उठाएको विषय संसदीय छानविन समिति गृहमन्त्रीको विषयमा छलफल नभएसम्म हामीले सदन कसरी लैजाने भन्ने विषयमा भोली हामी पदाधिकारी बैठक बसेर छलफल गर्छौं’ उनले भनिन् ‘त्यसपछि मात्रै हामी सदनमा कसरी जाने भन्ने बारेमा निष्कर्षमा पुग्छौं।’

    नेपाली काँग्रेसले उपप्रधानमन्त्री लामिछानेमाथि सहकारी ठगीबारे संसदीय छानविन समितिको माग गर्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ। बैठकमा सभामुख घिमिरेले सदंनको अवरोध हटाउनका लागि आग्रह गरेका थिए।

    त्यस विषयमा भोली (आईतवार) बस्ने पार्टी पदधिकारी बैठकले आवश्यक निर्णय लिने पनि सचेत थिङले बताइन्। सचेतक थिङका अनुसार दलहरुबीच राजनीतिक दलसम्बन्धि विधेयक चैत्र २७ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेश गरिनेछ।

    उनले भनिन्– प्रतिपक्षको तर्फबाट मैले राजनीतिक दलसम्बन्धि विधेयक चाँही विवादमा जोडिएको हुनाले त्यो विधेयक अहिले नल्याउ भन्ने सन्दर्भमा २७ गते सार्ने भन्ने हाम्रो सहमती भएको छ।

    नेपाली काँग्रेसले सहकारीको विवादमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कुनै पनि विधेयक संसदमा प्रश्तुत गर्न नपाउने जिकिर गर्दै संसद अवरुद्ध पारेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...