News Portal

  • सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको छ : रवि लामिछाने

    हिमालीसंचार संवाददाता
    २३० पटक
    आइतबार, चैत ११, २०८०

    काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन्।

    आइतबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहकारीका ऋणीसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए।

    देशभरीका सहकारीका ऋणीको समस्या समाधान गरिने उनको भनाइ थियो। सहकारीको पैसा अपचलन गर्नेहरूको सम्पत्ति खोजेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्ने उनले बताए।

    गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरूको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताए। सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीबी राईलाई नियन्त्रणका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उनको भनाइ थियो।

    सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिलेनै सार्वजनिक गर्न नहुने भन्दै उनले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २४ गतेको राशिफल

    आज भदौ २४, २०८२ (सेप्टेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिए

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले आफ्नो...

    जेनजी आन्दोलनमा मृत्यु १९ पुग्यो, ३४७ घाइते उपचाररत

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर भड्किएको जेनजी आन्दोलनले गम्भीर रूप लिँदै...

    सुन्धाराको प्रहरी बिटमा आगजनी

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा भइरहेको आन्दोलन क्रममा जेन–जी युवाहरूले सोमबार सुन्धारास्थित...

    सामाजिक सञ्जालमार्फत ओलीलाई राजीनामा दिन सुमना श्रेष्ठको आग्रह

    काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा...