News Portal

  • कृष्ण महरालाई समेत कारबाही गर्‍यौँ, अरु ठूला रहेनन् : स्वर्णिम वाग्ले

    हिमालीसंचार संवाददाता
    ३४७ पटक
    चैत १०, २०८० शनिबार

    काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले सत्तारुढ दलकै उपाध्यक्षलाई पक्राउ गरेर उनको तुलनामा अरु गल्ती गर्नेहरू ठूला नभएको संकेत दिन खोजेको बताएका छन्।

    पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री बन्नासाथ एक्सनमा आएका काम गर्न थालेको प्रशसां गर्दै शनिबार आयोजित पार्टीको एक कार्यक्रममा उपसभापति वाग्लेले कृष्णबहादुर महरा चानचुने मान्छे नभएको समेत बताए।

    पार्टी सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले लुकाएर राखिएका फाइल झिकेर टकटकाउन थालेको उनको दाबी छ। ‘फाइल लुकाउने र दबाउने जुन सुनेका छौँ, उहाँ (रवि लामिछाने)ले टकटक्याउन थाल्नुभएको छ।,’ उनले भने।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनन्य मित्र समेत रहेका महरालाई पक्राउ गरेर अन्य ठूला कामहरूको संकेत सभापति लामिछानेले गरेको वाग्लेले बताए।

    ‘कृष्णबहादुर महरा भनेको चानचुने मान्छे होइन। ०६२ ०६३ पछि त उहाँ उपप्रधानमन्त्री, सभामुख, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, दोहोराई तेहराई सञ्चारमन्त्री भएको र वर्तमान बहालवाला प्रधानमन्त्रीका अनन्य मित्र कमरेड इन आर्मस् भन्छन्। त्यति नजिकको पात्रलाई समेत कानुनको दायरामा ल्याएका छौँ,’ उनले अघि भने, ‘त्यो सानोतिनो कदम होइन। सत्तासँग यतिसम्म नजिक सत्तारुढ दलको उपाध्यक्षलाई समेत कानुनी घेरामा ल्याउन सक्छौँ भने अरु त यीनको तुलनामा ठूलो रहेनन् भनेर संकेत दिन खोजेको पनि हो।’

    उनले सोही कार्यक्रमको सम्बोधनको सुरुमा रविलाई माननीय उपप्रधानमन्त्री भन्दा स्वाद परेको टिप्पणी गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...

    श्री पशुपतिनाथ शन्तानेश्वर महादेव मन्दिरको भव्य उद्घाटन सम्पन्न

    समीर कुमार अधिकारी (द्रुपद)/ काठमाडौं १० –  २०८२ साल कात्तिक ९ गते, आइतबार (पंन्चमी तिथी)...