News Portal

  • रविले आफ्ना जालसाजी लुकाउन गृहमन्त्रालय रोजे : चित्रबहादुर केसी

    हिमालीसंचार संवाददाता
    १८७ पटक

    काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बदनाम भएको व्यक्तिको सहयोग लिएर सत्ता पक्षले जनताको अपमान गरेको बताएका छन्।

    बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेले पार्टीमा गृहमन्त्री बन्न सक्ने कोही नभेटेको हो ? भन्दै प्रश्न गरे।

    उनले मुद्दा लागेको व्यक्तिलाई उपप्रधान एवं गृहमन्त्री बनाएर सरकारले जनताको अपमान गरेको बताए। उनले गृहमन्त्री रवि लामिछानेले आफ्ना जालसाझीहरु लुकाउन गृहमन्त्री नै हुनुपर्ने माग राखेको पनि बताए।

    उनले दोषीलाई उम्काउने हो भने मुलुकको दुर्गति हुने बताए। उनले भने, ‘यत्रो हाउसभित्र र बाहिर पनि यस्तो बदनाम मान्छेको सहारा लिएर जुन खालको सत्ता पक्षले गतिविधि गरिरहेको छ, यो त विचित्रैको कुरा हो। यो मुलुकुमा त कोही पनि रैनछन्, गृहमन्त्री हुने मान्छे, माओवादीका लागि। एमालेभित्र पनि कोही रैनछन्। यो त वास्तवमा नेपाली जनतामाथि अपमान हो नि।’

    उनले गृहमन्त्रीको गल्ती र कमजोरी रहेको कुरा हरेक नागरिकलाई जानकारी रहेको बताए। गृहमन्त्री लामिछानेले गृहमन्त्रालय नै रोज्नुको कारण सहकारी हिनामिनाको रकम राफसाफ गर्न रहेको बताए।

    केसीले भने, ‘त्यस्तो मुद्दा लागेको मान्छे। दोषीलाई उम्काउने हो भने मुलुक के हुन्छ ? गल्ती कमजोरी भएको छ, वर्तमान गृहमन्त्रीको। चौरासी तिक्डम गरेर उहाँलाई गृहमन्त्री हुनैपर्ने। त्यो सहकारीबाट आफूले उडाएको रकमलाई राफसाफ पार्न हो। कसले बुझेको छैन यो कुरा। त्यस्ता गलत र भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन सकिन्छ ?’

    गलत र भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन नसकिने उनले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी प्रदर्शनमा पाँचको मृत्यु

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुगेको...

    युवा शक्ति टीम कुवेतले रक्तदान कार्यक्रम गर्ने

    कुवेत- कुवेतमा सक्रिय सामाजिक संस्था युवा शक्ति टीमले  रक्तदान कार्यक्रम गर्ने घोषणा गरेको छ। नेपाली...

    नयाँ बानेश्वरमा प्रहरीको गोली : जेनजी प्रदर्शनमा एकको मृत्यु, दर्जनौँ घाइते

    काठमाडौँ, २३ भदौ २०८२ – नयाँ बानेश्वरमा जेनजी विरोध प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर...

    केपी ओली सरकार हिटलरी मार्गमा

    – कमला थापा २०८२ भदौ २३ गते। आजबाट नाति पुस्ताको आन्दोलन सुरु भयो। १९९७, २०१२/१५...

    जेनजी आन्दोलनमा रबरको गोलीले लागेर पत्रकार घाइते

    काठमाडौं, भदौ २३ – नयाँबानेश्वर क्षेत्रमा भइरहेको जेएनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको रबरको गोली लागेर...