News Portal

  • राष्ट्रिय सरोकारमा ग्याल्जेन शेर्पा र सुशासन समिति सभापति कमला पन्त

    हिमालीसंचार संवाददाता
    १५९ पटक

    काठमाडौं। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा ग्याल्जेन शेर्पाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। शनिवार सिंहदरबारस्थित राष्ट्रिय सभाको संसद सचिवालयमा पुगेर उनले मनोनयन दर्ता गराए।

    त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तको मनोनयन परेको छ। यससँगै एउटा समितिमा दाबेदारीका लागि एक/एक जनाले मात्रै उम्मेदवारी मनोनयन गराएसँगै निर्बिरोध निर्वाचित भए।

    यद्यपि आधिकारिक रुपमा आईतवारमात्रै्र घोषणा हुने संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए। उनले राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका तत्कालीन सभापतिहरुको कार्यकाल सकिएसँगै नेतृत्व रिक्त रहेको थियो।

    राष्ट्रिय सभा नियमावली, दोस्रो संशोधन नियमावलीले सभापतिको पद रिक्त भएको मितिले १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने भन्ने व्यवस्था गरेअनुसार यही ५ गतेभित्र निर्वाचन गरिसक्नुपर्ने नियमावलीमा व्यवस्था भएअनुसार निर्वाचन गर्न लागिएको बताए।

    उनले संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उक्त समितिको सभापतिका लागि ग्याल्जेन शेर्पालाई सभापतिको रुपमा गोपीबहादुर सार्की अछामीले प्रश्ताव गर्नुभएको छ भने इन्दिरादेवी गौतम र दुर्गा गुरुङले उक्त प्रश्तावलाई समर्थन गरे।

    त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्य कमला पन्तलाई सोही समितिका सदस्य नारायणदत्त भट्टले प्रश्ताव गरेको छ भने उक्त प्रश्तावलाई मान्य शारदादेवी भट्टले समर्थन गरे।

    सहायक प्रवक्ता धमलाले आईतवार सभापति निर्वाचित गर्न र औपचारिक रुपमा घोषणा गर्नका लागि विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक २ बजे र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक १ बजेको लागि बैठक बोलाइएको बताए।

    उनले आईतवारको बैठकमा सभापतिका लागि नियमावलीको व्यवस्थाबमोजिम निर्वाचन हुने बताए। निर्वाचनको सवालमा नियमावलीमा एउटा मात्रै प्रश्ताव दर्ता हुन आएमा निर्बिरोध निर्वाचन हुने व्यवस्था रहेकाले दुवै समितिमा निर्बिरोध निर्वाचित हुने निश्चित भएको बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    धनपालथानमा ५ वर्षीया बालिकाको हत्या

    मोरङ, असार १४ – मोरङको धनपालथान गाउँपालिका–६ मा एक नाबालिकाको हत्या भएको छ। शनिबार बिहान...

    आज २०८२ साल असार १४ गतेको राशिफल

    आज असार १४, २०८२ (जुन २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सिन्धुपाल्चोकमा बालिकाको सामूहिक बलात्कार पछि हत्या, पाँच जना युवक पक्राउ

    काठमाडौं, असार १३ – सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गतको छ्याङ्दी जङ्गल क्षेत्रमा असार ११ गते एक...

    अमेरिकी आक्रमण निष्प्रभावी रह्यो : सर्वोच्च नेता खामेनीको टिप्पणी

    तेहेरान, असार १३ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकाले इरानको आणविक कार्यक्रमलाई लक्षित...

    आर्थिक अभावका कारण २ वर्षीया छोरी बचाइदिन आग्रह

    रबिन्द्र बराल/ मोरङ, असार १३ – मोरङको कानेपोखरी–२, दलेलीस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका पाण्डे...