News Portal

  • कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    हिमालीसंचार संवाददाता
    २४० पटक

    काठमाण्डौ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ। प्रतिनिधि सभाको शुक्रबार बसेको बेठकमा कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा मागेको हो।

    लामिछानेलाई गृहमन्त्री बनाउनुको कारणबारे जबाफ माग्दै कांग्रेसले आज पनि संसद्‍मा विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद प्रदीप पौडेललाई बोल्ने समय दिएका थिए।

    त्यसक्रममा सांसद पौडेलले प्रश्नै प्रश्न बोकेर लामिछाने गृहमन्त्री नहुनुपर्ने र प्रश्नै प्रश्नले घेरिएका उनलाई प्रधानमन्त्रीले गृहमन्त्री पनि नबनाउनुपर्ने बताए।

    ‘३१ हजार सहकारीमा ७३ लाख बचतकर्ता छन्। सहकारी सञ्चालकको सम्पत्तिबाट बचत फिर्ता दिनुपर्ने उनीहरूको माग छ,’ उनले भने, ‘ पीडितहरूले आन्दोलनबाट सिर्जना गर्ने अस्तव्यस्ततालाई सरकारले कसरी थेग्न सक्छ। गृहमन्त्रीलाई म आग्रह गर्न चाहन्छु- उच्च नैतिकताको आधारमा राजनीमा दिएर उदाहरण प्रस्तुत गर्नुस्।’

    पौडेलले अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारी पीडितको माग कसरी पूरा हुन्छ भनी प्रश्न पनि गरे। उनले भने, ‘प्रधानमन्त्रीज्यूले पटकपटक सुशासनको चिन्ताले गठबन्धन तोडेको भन्नुभो। जसको अनुसन्धान जुन मन्त्रालयले गर्नुपर्ने हो त्यही मन्त्रालयको तालाचाबी अनुसन्धान गर्नुपर्ने मान्छेलाई दिएर सुशासन प्राप्त हुन्छ ?

    पौडेलेले प्रश्नको घेराभित्र रहेका कुनैपनि व्यक्तिलाई सरकारमा नलैजाने नजीर स्थापित गर्न आग्रह पनि गरे। उनले भने, ‘सुन प्रकरणले धेरैलाई प्रश्न गरेको छ।

    प्रधानमन्त्रीज्यू प्रश्नैप्रश्नले घेरिएको मान्छेका बीचमा बसेर सुशासन लागु हुन्छ ? कि सुशासन भनेको भन्ने कुरा हो ? सबै प्रकरणमा छानबिन हुने ग्यारेन्टी र प्रधानमन्त्रीबाट त्यसअनुसारको प्रतिबद्धता नआएसम्म कांग्रेसले प्रश्न उठाइरहने पौडेलले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २४ गतेको राशिफल

    आज भदौ २४, २०८२ (सेप्टेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिए

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले आफ्नो...

    जेनजी आन्दोलनमा मृत्यु १९ पुग्यो, ३४७ घाइते उपचाररत

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर भड्किएको जेनजी आन्दोलनले गम्भीर रूप लिँदै...

    सुन्धाराको प्रहरी बिटमा आगजनी

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा भइरहेको आन्दोलन क्रममा जेन–जी युवाहरूले सोमबार सुन्धारास्थित...

    सामाजिक सञ्जालमार्फत ओलीलाई राजीनामा दिन सुमना श्रेष्ठको आग्रह

    काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा...