News Portal

हारजित चुनावको सुन्दर पक्ष हो : युवराज शर्मा

हिमालीसंचार संवाददाता
२७९ पटक

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदको उमेदवार बनेका युवराज शर्माले आफूले जितेको खण्डमा संसदीय सीमाभित्र रहेर काम गर्ने बताएका छन्।

उमेदवारी दर्ता गराएपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै उनले लोकतन्त्रमा कसैको हारजित नहुने बताए। “लोकतन्त्रमा कसैको जित पनि हुन्न, कसैको हार पनि हुन्न। हारजित चुनावको सुन्दर पक्ष हो,” उनले भने।

अंकगाणितका हिसाबले कमजोर भएपछि पार्टीले टिकट दिएको हो ? भन्ने प्रश्नमा उनले भने, “पार्टीले यो निर्णय मेरो नाममा अगाडि गरेको हो। अरू मलाई थाहा छैन,” शर्माले भने।

राष्ट्रियसभा अध्यक्षका निम्ति सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नारायण दाहालले उमेदवारी दर्ता गराएका छन्। अध्यक्षको निर्वाचन भोलि मंगलबार हुँदैछ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...