गण्डकीमा कांग्रेसका मुख्यमन्त्रीले हटाए माओवादीका दुई मन्त्री

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीका दुई मन्त्री बर्खास्त गरेका छन्।
माओवादीबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकास तथा स्वास्थ मन्त्री सुशीला सिम्खडालाई उनले हटाएका हुन्।
केन्द्रीय सत्ता गठबन्धनमा फेरबदल आएपछि मुख्यमन्त्रीले मन्त्री हटाएका हुन्। पाण्डे कांग्रेसबाट मुख्यमन्त्री बनेका हुन्।
















