News Portal

एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

हिमालीसंचार संवाददाता
२४४ पटक

काठमाडौँ। नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ। आफूहरूले उठाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र आवश्यक कारबाही गर्नुपर्ने भन्दै एमालेले बैठक अवरुद्ध पारेको हो।

यसअघि बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले तीन मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए।

पन्तले स्वास्थ्य मन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्री सुदन किरातीको माग गरेका हुन्।

बस्नेत भ्रष्टाचार प्रकरणमा मुछिएर अख्तियारमा बयान दिन गएको, किरातीले ल्यारक्याल लामाको गलत कार्यलाई सघाएको तथा ज्वाला बालकुमारी घटनाको मुख्य दोषी भएकाले उनीहरूलाई पदबाट हटाइनुपर्ने एमालेको माग छ।

यसैबीच सभामुख देवराज घिमिरेले आफूले फागुन ६ गते नै यसबारे स्पष्ट रुलिङ गरिसकेको र यो विषयमा जवाफ दिन फेरि सरकारलाई रुलिङ गरे।

त्यसपछि एमाले सांसदहरुले अवरोध खोलेपछि शुन्य समयको कारबाहीस सुरु हुन पुग्यो।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...