News Portal

  • केपी ओली भन्छन्- ‘नैतिकता हराएको मन्त्री र हुतिहारा प्रधानमन्त्री’

    हिमालीसंचार संवाददाता
    १४८ पटक

    काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा दोषी ठहर भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएकोमा आपत्ति जनाएका छन्।

    ओलीले सरकार आफैँले बनाएको जाँचबुझ आयोगले दोषी करार गर्दा पनि राजीनामा नदिने मन्त्री ज्वालालाई नैतिकता हराएको मन्त्री र त्यस्ता मन्त्रीलाई हटाउन नसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल हुतिहारा भएको बताए।

    पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले दुईजना मानिसको ज्यान गएको घटनामा दोषी ठहर मन्त्री ज्वाला कुनै पनि हालतमा पदमा बसिरहन नमिल्ने बताए। अध्यक्ष ओलीले सोही घटनालाई चित्रण गर्दै वर्तमान सरकारले लोकतन्त्रको मजाक उडाएको र लोकलज्जा पचाएको दावी गरे।

    ओलीले भने, ‘सरकारले नै बनाएको आयोगले मन्त्री दोषी हो। मन्त्रीको गलत क्रियाकलापले मान्छे मर्ने स्थिति आयो, तोकेर भनिएको छ। मन्त्रीसँग नैतिकता नै छैन, न राजीनामा गर्छन् न प्रधानमन्त्रीसँग हटाउने हुति छ। नैतिकता नभएको मन्त्री र हुतिहारा प्रधानमन्त्री। आफैँले बनाएको आयोगले दोषी करार गरेको छ, मान्छेहरू घाइते भएका छन्। त्यस्तो मन्त्री बसिरहन मिल्छ ? लोकतन्त्रको यस्तो मजाक उठाउन मिल्छ? यो गठबन्धनले यही गरिराखेको छ, लोकलज्जा पनि छैन।’

    ओलीले वर्तमान सरकारले मुलुकलाई आर्थिक संकटबाट मुक्त गराउन नसक्ने दाबी गरे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २४ गतेको राशिफल

    आज भदौ २४, २०८२ (सेप्टेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिए

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले आफ्नो...

    जेनजी आन्दोलनमा मृत्यु १९ पुग्यो, ३४७ घाइते उपचाररत

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर भड्किएको जेनजी आन्दोलनले गम्भीर रूप लिँदै...

    सुन्धाराको प्रहरी बिटमा आगजनी

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा भइरहेको आन्दोलन क्रममा जेन–जी युवाहरूले सोमबार सुन्धारास्थित...

    सामाजिक सञ्जालमार्फत ओलीलाई राजीनामा दिन सुमना श्रेष्ठको आग्रह

    काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा...