News Portal

  • राजनीतिमा आउने विजय लामाको घोषणा

    हिमालीसंचार संवाददाता
    २२८ पटक

    काठमाडौं। अभिनेता विजय लामाको परिचयका विभिन्न आयाम छन्। उनी पेशाले विमान चालक (पाइलट) हुन्। सन् १९८५ देखि यो पेशामा आबद्ध रहेका उनी करिब ४ दशकदेखि अभिनयमा पनि सक्रिय छन्।

    सामाजिक कार्यमा पनि उनको अग्रसरता देखिन्छ। कुनै बेलाका लङ टेनिसको राष्ट्रिय स्तरको खेलाडी समेत हुन्, उनी। अब उनी पेशाबाट विश्राम लिएर राजनीतिमा आउने भएका छन्।

    शनिबार फिल्म ‘गोर्खा वारियर’को प्रिमियरमा सहभागी हुन धरान पुगेको समयमा उनले पत्रकार अनुप भट्टराईसँगको कुराकानीमा भनेका छन्, ‘म राजनीतिमा अवश्य प्रवेश गर्छु। जतिले पनि खेमागत रुपमा मिलेर देश भत्काए, मेरो कम्पनी भत्काए, नेपालीत्व भत्काए, तिनीहरुमाथि बदला लिनका लागि म आउँछु। एक वर्षपछि राजनीतिमा आउँछु। म चुनाव लड्नका लागि तयार हुँदैछु।’

    नेपाल एयरलाइन्सको जागिरबाट रिटायर्ड भैसके पनि अझै काम गरिरहेका लामाले एक वर्षपछि अवकाश लिने बताएका छन्।

    ‘म जागिरबाट रिटायर्ड भैसकेको छु। तर, मैले अझै धेरैलाई तालिम दिन बाँकी छ,’ उनी भन्छन्, ‘हामीले नयाँ विमान चालकहरु तयार गर्दैछौं। मैले रिटायर्ड भएर पनि काम गरेको २ वर्ष जति भयो। मैले चाहेँ भने अझै ५ वर्ष गर्न सक्छु। तर, अब धेरै समय गर्दिनँ।’

    यही फागुन ११ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘गोर्खा वारियर’मा मुख्य भूमिकामा अभिनय गरेका उनी गोर्खालीको कथामा धेरै फिल्म बन्नुपर्ने बताउँछन्। उनले भने- ‘वीर गोर्खालीको बारेमा हजारौं कथा छन्, तर त्यो पर्दामा आउन सकेको थिएन। यसपटक मिलन चाम्सको टिमले त्यो आँट गरेको छ। यस्तो कथामा धेरै फिल्म बन्नुपर्छ। ‘गोर्खा वारियर’ दर्शकलाई नयाँ अनुभव हुनसक्छ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी आन्दोलनमा मारिएका प्रवीन कुलुङको शव संखुवासभा ल्याइयो

    संखुवासभा, असोज १ – काठमाडौँमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका...

    रास्वपा बैठकमा हरि ढकालको आत्मालोचना

    काठमाडौं, असोज १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले सहकर्मी नेतृ...

    आज २०८२ साल असोज १ गतेको राशिफल

    आज असोज १, २०८२ (सेप्टेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ मा

    काठमाडौं, भदौ ३१ – यस वर्षको बडादशैंमा टीका लगाउने शुभ साइत असोज १६ गते बिहान...

    बालेनलाई हर्कको प्रहार : “देश रोएको बेला ऊ हाँस्दै छ”

    काठमाडौं, भदौ ३१ – धरान उपमहानगर प्रमुख हर्क साम्पाङले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)...