News Portal

संघीयताको संंरचना राज्यले धान्न सक्दैन, पुनर्विचार गर्नुपर्छ : नेता घिमिरे

हिमालीसंचार संवाददाता
२४३ पटक

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य श्याम घिमिरेले संघीयताबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सात सय ६१ वटा सरकार देशको अर्थतन्त्रले धान्न नसक्ने बताएका हुन्।

अर्थ मन्त्रालयले बजेटको सिलिङ आधा घट्ने सम्भावना छ भनेर पालिकाहरु र प्रदेशलाई सूचना पठाइसकेको उनले बताए।

‘यो सात सय ६१ वटा सरकार हामीले जुन बनायौं, यो देशको अर्थतन्त्रले यसलाई धान्दैन। अब अहिले सबै अनुदानहरु कटौती हुँदैछन्। अर्थमन्त्रालयले सूचना पठाइसक्यो। बजेटको सिलिङ आधा घट्ने सम्भावना छ भनेर पालिकाहरु र प्रदेशलाई सूचना पठाइसक्यो,’– उनले भने।

साथै, समानुपातिक प्रणाली रहेसम्म मुलुकमा स्थिर सरकार नबन्ने उनको दाबी छ। उनले धर्म निरपेक्षता र गणतन्त्रबारे कांग्रेस अडिग रहेको बताए।

कांग्रेस विस्तार अराजकताको भीडतर्फ अगाडि बढिरहेको उनको टिप्पणी छ। कांग्रेस सच्चिन आवश्यक रहेको बताउँदै उनले आगामी महासमिति बैठकमा यसबारे गम्भीर छलफल हुने बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...