News Portal

समाजवादी प्रेस संगठन पर्साको सम्मेलन सम्पन्न, अध्यक्षमा मियाँ र सचिवमा यादव

हिमालीसंचार संवाददाता/अमृता राई
२८७ पटक

माघ-१२, शुक्रबार/पर्सा – समाजवादी प्रेस संगठन नेपाल पर्साको विशेष जिल्ला सम्मेलन शुक्रवार सम्पन्न भएको छ ।

वीरगंज स्थित माईस्थानमा सम्पन्न जिल्ला सम्मेलनले आशमहम्मद मियाँको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्वको उपाध्यक्षमा दिपक कुशवाहा, सचिवमा राम अनुप यादव, सह–सचिवद्वयमा श्रीराम रौनियार र जय कुमार यादव, कोषाध्यक्षमा रामेश्वार चौरसिया, सदस्यहरुमा अजय चौरसिया, दिपेन्द्र गिरी, रंजित चौरसिया, राकेश जायसवाल, दिपक चौरसिया, बिरेन्द्र भट्टराई, छोटु रौनियार, मयन्क गुप्ता, रोशन कुमार, आकाश पटेल, राजकिशोर भगत, सागर कुमार, अरुण कुमार, जितेन्द्र कुमार, बिनय कुमार मुखिया सर्वसहमत चयन भएका छन् ।

विशेष जिल्ला सम्मेलनका संयोजक आशमहम्मद मियाँको सभापतित्वमा सम्पन्न सो सम्मेलनको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पार्टी पर्साका सचिवालय सदस्य एवं केन्द्रिय प्रचार विभाग सदस्य राघव साहले नवनिर्वाचित समितिलाई शपथ खुवाएका थिए । 

शपथ खुवाउदै प्रमुख अतिथि साहले यस जिल्लाका समाजवादी प्रेस संगठनलाई भाडभैलो मच्चाउन पार्टीका जिल्ला अध्यक्ष बालगोपाल थापा र संगठनका महासचिव रामकुमार ऐलन तथा केही कुतत्वहरु करिब एक वर्षदेखि लागेको हुनाले पर्साको संगठन कमजोर भएको बताए । 

संगठनका केन्द्रिय सल्लाहकार समेत रहेका साहले वीरगंजमा केन्द्रिय पदाधिकारीहरु आईसकेको अवस्थामा दुबै पक्षको समस्या समाधान गरी एउटा आयोजक कमिटी बनाएर एकै थलोमा सम्मेलन गर्ने निश्चित जस्तै भए पनि पार्टी अध्यक्ष थापा र महासचिव ऐलनको लहलहैमा लागेर संगठनका अध्यक्ष विश्वमणी सुबेदीले एकपक्षिय सम्मेलनमा सहभागी हुनुले संगठनको लागि हित नदेखिएको बताए ।

अध्यक्ष सुबेदीले एक पक्षिय सम्मेलनको सुरसार सुरु गर्न थालेपछि दुई चार जना बाहेक बाकी पदाधिकारीहरु सम्मेलनमा सहभागी नभएको चर्चा गर्दै साहले आशमहम्मद मियाँ नेतृत्वको बहुमत पक्षलाई कदर गरी मैले यहाँहरुको सम्मेलनमा सहभागी भएको बताए । 

संगठनका प्रायः नेताहरु वीरगंजमा आएर पनि एउटा जिल्लाको समस्या समाधान गर्न नसक्नु दुःखद पक्ष रहेको औल्याउदै साहले अध्यक्ष सुबेदी असंक्षम र अनुभवविहिन रहेको जिकिर गरे । साहले समाजवादी प्रेस संगठन नेपाल श्रमजिवि पत्रकारहरुको संगठन रहेकोमा अग्रणी संस्थाको रुपमा स्थापित गर्न सबैलाई क्रियाशिल भएर लाग्न सुझाएका थिए ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...