News Portal

प्रधानमन्त्री पुष्पकमल दाहाल युगाण्डा प्रस्थान

हिमालीसंचार संवाददाता
२८१ पटक

काठमाण्डौ। असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल युगान्डा प्रस्थान गरेका छन्। उनी आज बिहान कतार एयरलाइन्सबाट प्रस्थान गरेका हुन्।

युगान्डाको राजधानी कम्पालामा १९ र २० जनवरीमा नाम शिखर सम्मेलन हुँदैछ। प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी छन्।

प्रधानमन्त्री दाहालले शुक्रबार ‘साझा विश्वव्यापी समृद्धिका लागि विश्वव्यापी सहयोग प्रगाढ’ भन्ने नाराका साथ हुन लागेको शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। युगाण्डाका राष्ट्रपतिले सोही दिन नेपाल भ्रमणमा रहेका प्रतिनिधिमण्डलका प्रमुखहरुको सम्मानमा आयोजना गर्ने विशेष समारोहमा उनी सहभागी हुन लागेका हुन्।

शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले सहभागी देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। परराष्ट्रमन्त्री एनपी साउद यसअघि नै नाम शिखर सम्मेलनको मुख्य कार्यक्रममा मन्त्रीस्तरीय बैठकमा सहभागी हुन युगान्डा प्रस्थान गरेका थिए।

१९ औँ शिखर सम्मेलनमा मन्त्रिस्तरीय प्रतिवेदनमाथि छलफल, १८औँ नाम शिखर सम्मेलनको कार्यान्वयन अवस्थाको समीक्षा र कम्पाला घोषणा पारित गर्ने बताइएको छ।

नेपाल NAM को संस्थापक सदस्य हो र स्थापना भएदेखि नै NAM शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ। असंलग्नता नेपालको आधारभूत विदेशी सिद्धान्त मध्ये एक हो। NAM 1961 मा स्थापना भएको थियो।

प्रधानमन्त्री दाहाल माघ २१ गते स्वदेश फर्कने छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...