News Portal

बुलेट किराती १६ दिनपछि रिहा, पुन:नामाङ्कन प्रक्रिया तत्काल नथाले निर्णायक आन्दोलन गर्ने चेतावनी

हिमालीसंचार संवाददाता/अस्मिता राई, इलाम
३२६ पटक

पौष-२०, शुक्रबार/मोरङ – पहिचानवादी संयुक्त संघर्ष समितिले आयोजना गरेको यातायात बन्दको क्रममा पक्राउ परेको बुलेट किराती १६ दिनपछि इलामबाट रिहा भएका छन् ।

गत मंसिर ३० र पौष १ गते प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले आयोजना गरेको बन्दको क्रममा पिकअप भेन जलाएको अभियोगमा इलाम प्रहरीले बुलेटलाई पक्राउ गरेको थियो। किराती संघर्ष समिति झापा बुद्धशान्ति गाउँसमितिको संयोजक हुन्। उनलाई पौष ३ गते प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखेको थियो । 

पहिचानवादीहरुले पटक पटक आग्रह गर्दापनि नछाडिएपछि संयुक्त संघर्ष समितिले पुन १८ र १९ गते मेची राजमार्ग बन्दको गरेको थियो । बन्द सफल बनाउन विभिन्न स्थानहरुमा कार्यकर्ता सक्रिय भएपछि सडक ठप्प गरेका थिए । बुलेट किराती रिहा हुने निश्चित भएपछि आज अपरान्ह २ बजेदेखि विज्ञप्ति प्रकाशन गरेर सडक खुलेको घोषणा गरेको थियो । यद्यपि हिजो दिनभरी पनि सो सडकमा यातायातका साधनहरु खुलेका थिएनन्। आन्दोलनकारीले आक्रमण गर्ने भएपछि इलामको विभिन्न स्थानमा प्रहरीले नै यातायात सुरक्षित स्थानमा राख्न सक्रिय रहेको देखिएको बताइएको छ । 

आन्दोलनको बलमा बुलेट किराती रिहाइ भएपछि संयुक्त संघर्ष समितिका नेता, कार्यकर्ताहरुले खादा, माला लगाएर उनलाई स्वागत गरेका थिए । उपस्थित नेता, कार्यकर्ताहरुले बुलेट किरातीको रिहाइसँगै कोशी प्रदेश नाम-खारेज गर! पहिचानवादीहरु एक हौ!! ८२ प्रदेश सांसद होसियार लगायतका नारा लगाएका थिए । 

बुलेट किराती रिहाइपछि इलाम बजारमा नारा जुलुस तथा कोण सभाको आयोजना भएको थियो । सभामा संयुक्त संघर्ष समितिको केन्द्रीय कार्यकारी संयोजक डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, जनता समाजवादी पार्टी इलामका जिल्ला अध्यक्ष छिरिङ तामाङ, पहिचानको लागि युवा झापा जिल्ला सचिव गौरीमान राई लगायतले आफ्नो धारणा राखेका थिए । 

आयोजित कार्यक्रममा बक्ताहरुले बोल्ने क्रममा बुलेट किराती रिहाइ भएपछि मंसिर २६ गतेदेखि पौष १ गतेसम्मको बन्दमा पूर्बमन्त्री गोपाल किराती, पूर्बप्रधानमन्त्री केपी ओलीलाई मुक्का हान्ने महेश राईसहित ७१ जना पक्राउ परेकोमा सबै रिहा भएको बताए । 

बुलेट किरातीलगायतलाई लगाइएको झुटा मुद्धा तुरुन्त फिर्ता लिन र कोशी नाम खारेजी नगरे निर्णायक आन्दोलन सुरुहुने चेतावनी समेत दिएका छन् ।

आन्दोनल कुनै पार्टी, जाति विरुद्ध नभएर जनताको साझा नागरिक अन्दोलन भएको बताए । एकल गोत्रीय कोशी नामले प्रदेशबासीको साझा भावनाको प्रतिनिधित्व नगर्ने भएकोले प्रदेशको नाम पुनः नामकरण अनिवार्य भएको बताएका थिए । आन्दोलन प्रदेशको शान्ति, संमृद्धि, स्थायित्व, नेपाली राष्ट्रियतालाई थप बजबुत बनाउनको लागि भएको बक्ताहरुले बताएका थिए । 

आयोजित कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव कृष्णकुमार राई, इलामा जिल्ला अध्यक्ष पुष्पा राई, सचिव रोशन राई, किरात याक्थुङ चुम्लुङ झापा अध्यक्ष सेसेहाङ फ्याक, नेपाल आदिबासी जनजाति महासंघ इलाम जिल्ला सचिव याम बाङ्देल लगायतका नेता, कार्यकर्ताहरुको समेत सहभागी रहेका थिए ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...