News Portal

पहिचानवादी कार्यकर्ताद्वारा टायर बालेर मेची सडक अवरोध, बुलेट किराँतीको रिहाइ नगरे थप कडा आन्दोलन गर्ने चेतावनी

हिमालीसंचार संवाददाता/अस्मिता राई, झापा
२७८ पटक

पौष-१८, बुधबार/झापा – पहिचानको आन्दोलनका क्रममा पक्राउ परेका पहिचानवादी नेता बुलेट किराती (अन्जेश राई) को रिहाइको माग गर्दै आज बिहानैदेखि पहिचानवादी संयुक्त संघर्ष समितिले मेची राजमार्गको विभिन्न स्थानमा टायर बालेर सडक अवरोध गरेका छन ।

पक्राउ परेका किरातीलाई छाड्न पटक पटक आग्रह गर्दा पनि नछाडिए पछी पौष-१२ गते विज्ञप्ति प्रकाशन गरेर १८ र १९ गते मेची राजमार्ग अन्तरगतको सडक बन्दको घोषणा गरेका हुन् |

पहिचानको लागि युवा झापा जिल्ला सचिव गौरी राईको नेतृत्वमा बन्द सफल पार्न झापा स्थित मेची राजमार्गमा बिहानैदेखि टायर बालेर सडक अवरोध गरेका हुन्। पूर्वको इलाम, पाँचथरको फिदिप ताप्लेजुङको विभिन्न स्थानहरुमा रुख ढालेर, ढुङ्गाहरु राखेर सडक अवरोध गरेको पहिचानको लागि युवाको केन्द्रीय संयोजक भीम राईले हिमालीसंचारडटकमसंग बताए । 

गत मंसिर ३० र पौष १ गतेको बन्दका क्रममा पिकअप भेनमा आगजनी गरेको अभियोगमा २ गते झापा बुद्धशान्ति गाउँ संघर्ष समिती संयोजन बुलेट किरातीलाई प्रहरीले पक्राउ गरेर इलामको पशुपतिनगरमा राखेका छन् ।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...