News Portal

पहिचानवादी कार्यकर्ताद्वारा टायर बालेर मेची सडक अवरोध, बुलेट किराँतीको रिहाइ नगरे थप कडा आन्दोलन गर्ने चेतावनी

हिमालीसंचार संवाददाता/अस्मिता राई, झापा
३१५ पटक

पौष-१८, बुधबार/झापा – पहिचानको आन्दोलनका क्रममा पक्राउ परेका पहिचानवादी नेता बुलेट किराती (अन्जेश राई) को रिहाइको माग गर्दै आज बिहानैदेखि पहिचानवादी संयुक्त संघर्ष समितिले मेची राजमार्गको विभिन्न स्थानमा टायर बालेर सडक अवरोध गरेका छन ।

पक्राउ परेका किरातीलाई छाड्न पटक पटक आग्रह गर्दा पनि नछाडिए पछी पौष-१२ गते विज्ञप्ति प्रकाशन गरेर १८ र १९ गते मेची राजमार्ग अन्तरगतको सडक बन्दको घोषणा गरेका हुन् |

पहिचानको लागि युवा झापा जिल्ला सचिव गौरी राईको नेतृत्वमा बन्द सफल पार्न झापा स्थित मेची राजमार्गमा बिहानैदेखि टायर बालेर सडक अवरोध गरेका हुन्। पूर्वको इलाम, पाँचथरको फिदिप ताप्लेजुङको विभिन्न स्थानहरुमा रुख ढालेर, ढुङ्गाहरु राखेर सडक अवरोध गरेको पहिचानको लागि युवाको केन्द्रीय संयोजक भीम राईले हिमालीसंचारडटकमसंग बताए । 

गत मंसिर ३० र पौष १ गतेको बन्दका क्रममा पिकअप भेनमा आगजनी गरेको अभियोगमा २ गते झापा बुद्धशान्ति गाउँ संघर्ष समिती संयोजन बुलेट किरातीलाई प्रहरीले पक्राउ गरेर इलामको पशुपतिनगरमा राखेका छन् ।

प्रतिकृया दिनुहोस्

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म...

रङ्गेलीमा परीक्षा सुरु, एक महिनामै नतिजा निकाल्ने तयारीले विद्यार्थी उत्साहित

मोरङ, चैत २० – रङ्गेली नगरपालिकामा तीन स्थानमा परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित आदर्श माध्यमिक...

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...