News Portal

कारागारबाट छुटेपछि पहिलोपटक सानेपा पुगे खाण

हिमालीसंचार संवाददाता
४०१ पटक

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटी बुझाएर रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि गत वर्ष वैशाख २७ गते पक्राउ परेका उनी मंसिर २९ गते धरौटीमा रिहा भएका थिए। कांग्रेसका प्रभावशाली नेता खाण एक वर्षपछि पार्टी कार्यालय सानेपा छिरेका हुन्।

गत वर्ष भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकपछि पहिलो पटक खाँण आज केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्। यसअघि साउन २ र असोज ४ मा केन्द्रीय समिति बैठक बस्दा उनी केन्द्रीय कारगार सुन्धारमा थिए।

उक्त बैठकमा खाणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्ने–नगर्नेबारे चर्को बहस भएको थियो। कांग्रेस संस्थापन पक्षले अडानले खाँणको निलम्बन रोकिएको थियो।

बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन खाण सहभागी भएका छन्।

जिल्ला अदालत काठमाडौंमा ३० लाख र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा १५ लाख रुपैयाँ धरौटी राखेर उनी केन्द्रीय कारागारबाट मुक्त छुटेका थिए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...