News Portal

कोशी प्रदेशमा सञ्चार विधेयक प्रदेश सभामा पेश गर्ने तयारी

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
२४१ पटक

पौष-११, बुधबार/विराटनगर – कोशी प्रदेश सरकारले प्रदेश सञ्चार विधेयक प्रदेश सभामा पेश गर्ने तयारी गरेको छ। आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०८० प्रदेश सभामा पेश गर्ने निर्णय गरेका हुन्।

कोशी प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम समयमा नेकपा एमालेको अनिच्छाका कारण सञ्चार विधेयक तयार भए पनि अघि बढ्न सकेको थिएन। त्यसबेला सरकारले एकीकृत सञ्चार विधेयक तयार पारेको थियो। 

विधायन समितिका तत्कालीन सभापति इन्द्रमणि पराजुलीले विधेयक संसदमा फिर्ता नपठाएका कारण त्यसमा छलफल नै हुन पाएको थिएन। प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री सम्शेर राईका अनुसार मन्त्री परिषद्  बैठकले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र संचालन कार्यविधि २०८० स्वीकृत गरेको छ।  

आज बसेको मन्त्री परिषद्को बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको प्रदेश कार्यालय र आंगिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्नका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता राईले बताए। त्यस्तै, प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौं वार्षिक प्रतिवेदन प्रदेश सभामा पेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...