News Portal

कोशी प्रदेशमा सञ्चार विधेयक प्रदेश सभामा पेश गर्ने तयारी

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
२९१ पटक

पौष-११, बुधबार/विराटनगर – कोशी प्रदेश सरकारले प्रदेश सञ्चार विधेयक प्रदेश सभामा पेश गर्ने तयारी गरेको छ। आज बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०८० प्रदेश सभामा पेश गर्ने निर्णय गरेका हुन्।

कोशी प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम समयमा नेकपा एमालेको अनिच्छाका कारण सञ्चार विधेयक तयार भए पनि अघि बढ्न सकेको थिएन। त्यसबेला सरकारले एकीकृत सञ्चार विधेयक तयार पारेको थियो। 

विधायन समितिका तत्कालीन सभापति इन्द्रमणि पराजुलीले विधेयक संसदमा फिर्ता नपठाएका कारण त्यसमा छलफल नै हुन पाएको थिएन। प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री सम्शेर राईका अनुसार मन्त्री परिषद्  बैठकले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र संचालन कार्यविधि २०८० स्वीकृत गरेको छ।  

आज बसेको मन्त्री परिषद्को बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको प्रदेश कार्यालय र आंगिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्नका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता राईले बताए। त्यस्तै, प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौं वार्षिक प्रतिवेदन प्रदेश सभामा पेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...