News Portal

एक बर्षपछिको प्रधानमन्त्रीको मुख मिठ्याउँदै माधव नेपाल, छिर्के हान्ने दाउमा देउवा

हिमालीसंचार संवाददाता
३६५ पटक

काठमाडौ। सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच ५ बर्षमा समयअवधिअनुसार प्रधानमन्त्री पद सम्हाल्ने सहमति भएको चर्चा थियो।

जसअनुसार पहिलो २ बर्षको कार्यकाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चलाउने भद्र सहमति भएअनुसार एक बर्षको अवधि सकिएको छ। अब एक बर्ष चलाएपछि प्रचण्डले छाड्नुपर्ने हुन्छ।

यस्तै, बीचको एक बर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पद सम्हाल्ने सहमति भएको चर्चा छ। यसैअनुसार अबको बर्ष दिनपछिको प्रधानमन्त्री पदका लागि उनी मुख मिठ्याएर बसेका छन्।

र, अन्तिमको २ बर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने भनिएको थियो। तर राजनीति भएका कारण जुनसुकै बेला पनि फरक स्थिति आउन सक्नेमा कुनै दुईमत देखिँदैन।

जसरी प्रधानमन्त्री बनाउने बेला गत बर्षको पुस १० मा देउवाले पहिलो कार्यकालको अडान नछाड्दा प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर सत्ता समीकरण परिवर्तन गरेका थिए।

‘कांग्रेस सभापतिले बीचको एक बर्ष नभई अन्तिम तीन बर्ष आफैं चलाउने भनेर दाबी गर्नुभएको छ। सायद अबको बर्ष दिनपछिको प्रधानमन्त्रीमा उहाँको दाबी रहन्छ’, उच्च स्रोतले भन्यो,‘त्यसो भएन भने सत्ता समीकरण बदलिन पनि सक्नेछ।’

तीन बर्ष प्रधानमन्त्री बन्नका लागि देउवाले एमालेको समर्थन लिन सक्ने स्थिति पनि बन्ने कतिपयले विश्लेषण र टिकाटिप्पणी गरेका छन्। यो किन पनि सम्भावना छ भने एमाले अध्यक्ष ओली एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री पदमा देख्न रुचाउँदैनन्।

‘माधवकुमार नेपालको चाहनालाई पूरा हुन नदिनका लागि एमालेले देउवालाई प्रलोभनपूर्ण प्रस्ताव गर्न सक्छ। फेरि एक बर्षसम्म प्रधानमन्त्रीको पद कुर्नुभन्दा सत्ता समीकरण परिवर्तन हुने सम्भावनालाई नकार्न सकिँदैन’, स्रोतले भन्यो,‘पहिलो कार्यकालका निम्ति प्रचण्डले बाटो मोड्न सक्छन् भने देउवाले नमोड्ने भन्ने कुरा हुँदैन।’

देउवा र ओलीको सम्बन्ध सुमधुर रहेको सन्देश यसअघि नै गइसकेको छ। संकल्प यात्राका क्रममा डडेल्धुरा पुगेका ओलीले देउवालाई फोन गरेर हार्दिकताका साथ कुराकानी गरेको भिडिओ बाहिरिएको थियो। यसकारण कांग्रेसलाई गठबन्धनबाट अलग गराउनका लागि एमाले जुनसुकै चाल चल्न सक्ने स्थिति छ भने प्रधानमन्त्रीका लागि देउवाले छिर्के हान्न सक्ने अनुमान स्वभाविक हुने राजनीतिक टिप्पणीकारहरू बताउँछन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...