News Portal

  • पोखरा एयरपोर्ट निर्माणमा भारतको अवरोध, विस्फोटक पदार्थ किन्ने प्रक्रिया दूतावासमै अड्कियो

    ६९० पटक

    केशवशरण लामिछाने
    पोखरा : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनिया ठेकेदार कम्पनीले जमिनमुनि भेटिएको चट्टान फुटाउन आवश्यक बमबारुद किन्न झमेला ब्यहोर्नुपरेको गुनासो गरेको छ । बिस्फोटक पदार्थ किन्न ६ महिनाअघिदेखि सुरु गरेको प्रक्रिया अहिलेसम्म पूरा नभएको उसको गुनासो छ ।

    संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध उप–समितिका संयोजक माधव कुमार नेपाल नेतृत्वमा आएको अनुगमन टोलीसँगको भेटघाटमा ठेकेदार कम्पनीका अधिकारीले उक्त गुनासो सुनाए । ठेकेदार कम्पनी सीएएमसीईका प्रोजेक्ट म्यानेजर जेरी याङले बिहीबार संसदीय समितिको टोलीलाई एयरपोर्ट निर्माणको गतिविधिबारे ब्रिफिङ गरेका थिए ।

    सीएएमसीईका जनसम्पर्क अधिकृत कृष्ण चापागाईंका अनुसार अहिले एयरपोर्टको धावनमार्गको स्वरुप तयार गर्ने लगायत काम भइरहेको छ । त्यही क्रममा जमिन खन्दा निस्केका ठूला ढुंगा र कडा भूगर्भ फुटाउन बिस्फोटक पदार्थ आवश्यक परेको हो । पोखराको सेती नदीपूर्वको भूगर्भ सिमेन्टले जमाएको जस्तो अवस्थामा छ । बालुवा गेग्रान जमेको भूगर्भ चट्टानजस्तै कडा छ ।

    तालुकवाला निकाय नागरिक उड्डयन प्राधिकरण, उड्डयन मन्त्रालय हुँदै अर्थ, गृह रक्षा हुँदै प्रक्रिया भारतीय दूतावास पुगेको जानकारी चापागाईंले दिए । उनकै भनाइमा बिस्फोटक पदार्थ भारतबाट किन्नुपर्ने हुँदा दूतावास हुँदै प्रक्रिया पूरा गर्नुपर्छ । ‘त्यहाँबाट पनि स्वीकृति मिलेपछि खरिदका लागि हामी एलसी खोल्छौं’, उनले भने । विस्फोटक पदार्थजस्ता सामग्री अहिलेसम्म नेपालले चीनतिरबाट नल्याएको हुँदा भारतकै भर पर्नुपरेको उनले सुनाए । मेसिनले ड्रिल गरी जमिन खनेरमात्रै साध्य नहुने देखिएपछि विस्फोटक पदार्थ चाहिएको बताइन्छ ।

    चापागाईंका अनुसार एयरपोर्टको अहिलेसम्म १७ प्रतिशत काम पूरा भएको छ । जमिन सम्याउने र धावनमार्गको स्वरुप तयार गर्ने काम भइरहेको उनले बताए । टर्मिनल भवनको जग पनि तयार भइसकेको छ ।

    संरचनाको डिजाइन स्वीकृतिमा समेट ढिला भइरहेको ठेकेदार कम्पनीको अर्काे गुनासो छ । सीएएमसीईले संरचनाहरुको डिजाइन परामर्शदाता कम्पनीको सुझावअनुसार बनाएको तर अहिलेसम्म स्वीकृत नभएको प्रोजेक्ट म्यानेजर याङले सुनाएका थिए । ‘विस्फोटक पदार्थ खरिद, डिजाइन स्वीकृत लगायत सरकारी प्रक्रियाहरु छिटोछिटो हुने हो भने डेडलाइनभन्दा अघि नै विमानस्थल पूरा गर्छाैं’, याङको भनाइ थियो ।

    नेपाल सरकारले चिनियाँ ठेकेदार कम्पनीलाई सन् २०२१ जुलाई १० भित्र सक्ने गरी ठेक्का लगाएको हो । आयोजना लागत २२ अर्ब रुपैयाँ छ । नेपाल सरकारले ठेकेदारलाई पेस्की स्वरुप २० प्रतिशत रकम उपलब्ध गराइसकेको  छ ।पूर्व प्रधानमन्त्रीसमेत रहेका सांसद नेपालले बिहीबार ठेकेदार कम्पनी, नागरिक उड्डयन प्राधिकरण र परामर्शदाता कम्पनीका अधिकारीहरुसँग छुट्टाछुट्टै भेटेका थिए । उनले विमानस्थल छिटो निर्माण गर्न निर्देशन दिए । नेपालले धेरैभन्दा धेरै पर्यटक पोखरा आउने हुँदा त्यसैअनुसार विमानस्थललाई चाहिने जमिन अहिल्यै अधिग्रहण गर्नुपर्ने पनि बताएका थिए ।

    विमानस्थल निर्माण जारी रहँदा पनि कतिपय जमिन अधिग्रहणको काम पूरा भएको छैन । पोखरा विमानस्थल निर्माण पूरा भइसकेपछि आवश्यक हुने आकाशमार्गका लागि पनि भारतले अहिलेसम्म स्वीकृति दिएको छैन अन्नपूर्णमा समाचार छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...

    ओलीको स्पष्टीकरण: ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्थाका लागि हो

    काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा...

    सुधन गुरुङको टोली सिमरा पुगेपछि जेन-जी र प्रशासनबीच निर्णायक वार्ता हुने

    काठमाडौं, मंसिर ५ – बाराको सिमरामा तीन दिनदेखि चलिरहेको तनावपूर्ण अवस्थाबीच जेन-जी समूहको आन्दोलन नयाँ...

    आज २०८२ साल मंसिर ५ गतेको राशिफल

    आज मंसिर ५, २०८२ (नोभेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...