News Portal

  • भ्रष्टाचार र माफियालाई दर्हो हान्न मन छ: प्रधानमन्त्री प्रचण्ड

    हिमालीसंचार संवाददाता
    १६३ पटक

    पौष-३, मंगलबार/काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अझै धेरै भ्रष्टाचार र माफियामाथिको छानबिन अघि बढाउने चाहना भएको बताएका छन्। आज मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रधानमन्त्री दाहालले आफूले चाहे जस्तोगरी काम गर्न नसकेको बताएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा आफूले प्रतिबद्धता गरेअनुसार काम गर्न नसकेको बताए । उनले भने; ‘यदि माननीय सदस्यहरूले सबै काण्ड उस्तै हुन् । सबै मान्छे उस्तै हुन् । सबै नेता उस्तै हुन् भन्नुभयो भने त सडकमा अथवा सोसल मिडियामा चाहिने नचाहिने कुरा गरेर संघीयता, गणतन्त्र, लोकतन्त्रका विरुद्ध गाली गरेर, अराजकता सृष्टि गर्नेको भाषा र हाम्रो भाषा उस्तै उस्तै भयो भने त्यसले के हामी सिस्टमको पक्षमा हुन्छौँ त ? हामीले सिस्टमलाई मद्दत गरेका हुन्छौँ कि जानी, नजानी त्यही प्रवृत्तिलाई प्रोत्साहित गरेका हुन्छौँ भन्ने पनि हामी सबैले सोच्ने हो कि ? मेरो हार्दिक अनुरोध माननीय सदस्यहरूलाई । सबै काण्ड एउटै होइनन् । मलाई अरू केही गर्नु छैन । 

    मैले जति चाहेको छु त्यति गर्न अझै सकेको छैन । गर्न पाएको छैन भन्ने कुरा पनि मैले पब्लिक्ली भनेको छु । सुशासनको पक्षमा या सामाजिक न्यायको पक्षमा या समृद्धिका पक्षमा । मेरो यो पटकको आकाङ्क्षा, मेरो प्रतिबद्धताअनुसार अझ मैले सकेको छैन । पाएको छैन भन्ने चिन्ता छ मलाई । अझ धेरै भ्रष्टाचारमाथि हान्न मन छ मलाई । अझ माफिया माथि हान्न मन छ मलाई । 

    अन्तर्राष्ट्रिय रूपमा नेपालको छवि मेरो ठाउँबाट त मैले बेस्सरी पहल गरेँ भन्ने छ । म त्यसमा सन्तुष्ट पनि छु । चाहे भारत होस् । चाहे चीन होस् । चाहे इटाली, अमेरिका वा राष्ट्रसंघ । मैले नेपालको कूटनीतिक अवस्थालाई, सन्तुलनलाई र नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नयाँ ढङ्गले, आक्रामक ढङ्गले गएकै छु म भने यो पनि उस्तै हो भनेर तपाईहरुले भनिदिनु भयो भने को चाहिँ आएर के चाहिँ हुन्छ त फेरि ? हामी पनि सबै साक्षी त छौ नि त यहीँ ।’

    प्रधानमन्त्री दाहालले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफ्नो र छोरीको नाम जोड्नु वर्तमान राजनीतिक प्रणाली, संविधान र गणतन्त्र विरुद्धको हमला भएको बताए । उनले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफू र छोरीको नाम जोड्नु राजनीतिक प्रणाली, संविधान र गणतन्त्र विरुद्धको हमला भएको गुनासो गरे । उनले भने, ‘म सँग जोडेर प्रचार गिरिजाबाबुले धमिजा काण्डमा गरेको भन्दा प्रचण्डले एनसेल काण्डमा ४८० गुणा बढी भ्रष्टाचार गरेको छ । 

    त्यो साँचो भएको भए त म बाँच्नै नसक्ने हुन्थ्यो । त्यो झुटो हो भन्ने मलाई थाहा भएपछि त म ढुक्क छु ४८०, ५००, १००० बढी भने पनि त्यो साबित हुनेवाला छैन । अब मेरो परिवारका सदस्य घट्दै गएर ३ जना भएका छौँ । त्योमध्ये एउटा भरतपुर महानगरपालिकाको मेयर छ, ऊ उतै बढी व्यस्त हुन्छ । एउटा छोरी छ, बिचरा त्यो कस्ती छ तपाईहरुले थाहा पाउनुभएकै छ । 

    उसलाई जोडेर बनाएको छ । उचालेको छ । भन्दा म के ठान्छु भने यो वास्तवमा संविधान, प्रणाली, गणतन्त्र, लोकतन्त्र विरुद्धको हमला हो । म स्पष्ट छु त्यसमा । किनकि प्रचण्डलाई नराम्रोसँग ह्युमिलेट नगरेसम्म र डिप्रेस नबनाएसम्म यो उल्टिने भएन भन्ने छ नि त एकथरीलाई ।’

    प्रधानमन्त्री दाहालले एनसेलको शेयर खरिद, बिक्री गर्नेहरूलाई आफूले चिनेको भए पनि कानुन, संविधान र प्रणालीको विरुद्धमा गए नछोड्ने बताए । चिनेजानेको नाताले अनुहार हेरेर नबस्ने उनको भनाई छ । 

    प्रधानमन्त्री प्रचण्डले एनसेल शेयर किनबेच प्रकरणमा पहिलो दृष्टिमै गडबढी देखिएको बताए । उनले सो प्रकरणमा जालझेल भएको कुरामा आफू स्पष्ट रहेको बताउनुभयो । उहाँले आर्थिक वर्ष ०७२/०७३ को भ्यालुएसन १४३ अर्ब हुँदा अहिलेको भ्यालुएसन २०० अर्बको हुनुपर्ने भन्दै ६ अर्बको भ्यालुएसन गर्नु जालझेल भएको बताउनु भयो । 

    एनसेलले आफ्नो स्वामित्व नेपाल सरकारलाई हस्तान्तरण नगर्ने नियत राखेको पनि जिकिर गरे । प्रधानमन्त्री दाहालले कानुनी छिद्रलाई टाल्ने र एनसेल विरुद्धको लडाइँमा जुनसुकै मूल्य चुकाउनका लागि पनि आफू तयार रहेको बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    पुस मसान्तभित्र जनसम्पर्क समितिको अधिवेशन

    काठमाण्डौ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र...

    ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

    काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको...

    तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर २ जनवरी २०२६ मा सांगीतिक धमाका गर्ने

    कुवेत, असार २३  — तनहुँ सेवा समाज कुवेतको १३औँ मासिक बैठक अध्यक्ष सोम बहादुर खत्रीकाे...

    नेपाली जनप्रगतिशील मोर्चा कुवेतका उपाध्यक्ष कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेका दुई युवाको उद्धार

    कुवेत, असार २३ – रोल्पा जिल्लाका भरत घर्ती मगर र सल्यान जिल्लाका नरेश कुमार वली रोजगारीको...

    भिजिट भिसा दुरुपयोग प्रकरण : छानबिन समिति नबनेसम्म आन्दोलन नरोकिने राप्रपाको चेतावनी

    काठमाडौं, असार २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति...