News Portal

  • काठमाडौं-धरानका मेयरको नेतृत्वमा नयाँ दल गठन हुन्छ त?

    हिमालीसंचार संवाददाता
    २९० पटक

    पौष-२,सोमबार/काठमाडौं – देशमा पछिल्लो समय काठमाडौ-धरानका स्वतन्त्र मेयरद्वय बालेन्द्र शाह र हर्कराज राई साम्पाङको नेतृत्वमा नयाँ दल खोल्न लागेकोबारे चर्चा सामाजिक संजालमार्फत चर्चापरिचर्चा शुरु हुन थालेको छ ।

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङलगायतको सक्रियतामा नयाँ पार्टी खोल्न लागेको चर्चा शुरु भएको हो । काठमाडौं र धरानबाट दुबै मेयर स्वतन्त्र लौरो चुनाव चिह्नमार्फत चुनाव लडेर  स्थानीय सरकारको नेतृत्वमा पुगेकाद्वय मेयरले नयाँ दल खोल्न लागेको चर्चा चल्न थालेको हो।

    काठमाडौं र धरानका यी दुबै मेयरले वर्तमान राजनीतिक दलका नेताहरुप्रति सामाजिक संजालमार्फत तिखो प्रहार गर्दै आएका छन्। विशेषत उनीहरुले भ्रष्टाचार र बेथितिको पनि चर्को विरोध गर्दै आएका छन् । यसै हप्पता काठमाण्डौं आएको समयमा धरानका मायर साम्पाङ र काठमाडौंका मेयर शाहसँग १ घण्टा गोप्य छलफल गरेका थिए । उनीहरु बिहान ९ बजेदेखि १० बजेसम्म गोप्य वान टू वान भेटबार्ता तथा छलफल गरेका थिए। 

    उक्त वान टू वान भेटपछि साम्पाङले फेसबुकमा बालेनसँगको तस्बिर सामाजिक संजालमा राख्दै आफूहरु विशाल बन्ने उल्लेख गरेका थिए। ‘जीत हुन्छ क्रान्तिको शंकै नमान! हामी झन विशाल बन्छौँ धन्दै नमान!’ उनको स्टाटसले दिएको यो सन्देशसंगैं उनीहरुले नयाँ दल बनाउन दुई मेयर लागिपरेको बुझिन्छ। 

    त्यस्तै, गत शुक्रबार समेत सामाजिक सञ्जालमा  धरानका मेयर साम्पाङले अब दल खोलेर अघि बढ्न लागेकोबारे थप संकेत समेत दिएका थिए। उनले लेखेका छन्; ‘यदि हाम्ले राजनीतिक दल खोलेर अघि बढ्न चाह्यौँ भने को कसले साथ दिनु हुन्छ ?’, मेयर साम्पाङले फेसबुक पेजमा लेखेका थिए । 

    मेयर साम्पाङले थप लेखेका छन्। देशका बेकामे कानुन बदल्न र देशद्रोह, भ्रष्टाचार रोक्न र बेथिति हटाउन नयाँ पार्टीको चाहिने उनको स्टाटसमा लेखेका थिए। उनले थप सामाजिक सञ्जाल फेसबुक पेजमार्फत भनेका छन्, ‘भ्रष्टाचारी र बेकामेहरुलाई मेरा श्रम गर्ने पौरखी हात जोडेर नमस्कार नगर्ने निर्णय गर्दैछु म अब । मेरो साथमा को को हुनुहुन्छ ?’ उनले सामाजिक संजालमार्फत प्रश्न गरेका थिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अरबमा नेपाली श्रमिक शोषण तीव्र – धिरेन सुवेदी

    काठमाडौं – अरब मुलुकमा रहेका नेपाली श्रमिकको अवस्था अझै पनि चुनौतीपूर्ण बन्दै गएको छ। चम्किला...

    ‘लेखक र मलाई थुन्नु सुशासन हो?’– ओलीको सरकारप्रति टिप्पणी

    काठमाडौं, कार्तिक ३० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश...

    निर्वाचन आयोगमा दल संख्या १२२ कायम, ७ नयाँ दर्ता र ७ खारेज

    काठमाडौँ, कार्तिक ३० – निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको...

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...

    मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

    जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको...