News Portal

गोविन्द केसीको काम देश र जनताको हितमा छैन, सर्वत्र विरोध हुनपर्छ : भीम रावल

हिमालीसंचार संवाददाता
२४७ पटक

काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले चिकित्सा शिक्षा सुधार अभियानका अभियन्त डा. गोविन्द केसीका काम देश र जनताको हितमा नरहेको दाबी गरेका छन्। उनले डा. केसीले सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोजेको आरोप लगाएका छन्।

डा. केसीको उक्त कार्यको सर्वत्र विरोध हुनुपर्ने उनको भनाई छ। देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर डा. केसीले कुनै शक्ति र स्वार्थको पृष्ठपोषण गर्न खोजेको समेत उनले आशंका ब्यक्त गरेका छन्।

‘डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न।सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुनलागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपर्छ,’– नेता रावलले सामाजिक सञ्जालमा भनेका छन्।

मेडिकल शिक्षा सुधारका विभिन्न माग राख्दै कैलालीको धनगढीस्थित गेटा मेडिकल कलेजमा गत शुक्रबारदेखि अनशन बस्न पुगेका डा. केसीलाई त्यहाँ अवरोध गरिएको थियो। गेटामा अवरोध भएपछि अहिले उनी सोही स्थानको एक मन्दिरमा अनशन बसिरहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...