News Portal

गोविन्द केसीको काम देश र जनताको हितमा छैन, सर्वत्र विरोध हुनपर्छ : भीम रावल

हिमालीसंचार संवाददाता
३११ पटक

काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले चिकित्सा शिक्षा सुधार अभियानका अभियन्त डा. गोविन्द केसीका काम देश र जनताको हितमा नरहेको दाबी गरेका छन्। उनले डा. केसीले सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोजेको आरोप लगाएका छन्।

डा. केसीको उक्त कार्यको सर्वत्र विरोध हुनुपर्ने उनको भनाई छ। देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर डा. केसीले कुनै शक्ति र स्वार्थको पृष्ठपोषण गर्न खोजेको समेत उनले आशंका ब्यक्त गरेका छन्।

‘डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न।सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुनलागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपर्छ,’– नेता रावलले सामाजिक सञ्जालमा भनेका छन्।

मेडिकल शिक्षा सुधारका विभिन्न माग राख्दै कैलालीको धनगढीस्थित गेटा मेडिकल कलेजमा गत शुक्रबारदेखि अनशन बस्न पुगेका डा. केसीलाई त्यहाँ अवरोध गरिएको थियो। गेटामा अवरोध भएपछि अहिले उनी सोही स्थानको एक मन्दिरमा अनशन बसिरहेका छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...