News Portal

एमालेको विरोध गर्नेहरु समृद्धिका बाधक हुन्: अध्यक्ष ओली

हिमालीसंचार संवाददाता
३०२ पटक

मंसिर-३०, शनिबार/फिदिम– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको अवरोध गर्ने विकास, परिवर्तन र समृद्धिका बाधक भएको बताए। एमाले अग्रगमनको पक्षधर भएकै कारण आफ्नो पार्टीविरुद्व चौतर्फी घेराबन्दी भइरहेको उनको भनाइ थियो।

एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्जयाङ समृद्धिका लागि संकल्प यात्राका क्रममा शनिबार पाँचथरको फिदिम आइपुग्नुभएका अध्यक्ष ओलीले फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै यस्तो बताएको हो।  

अध्यक्ष ओलीले शान्ति, सद्भाव र एकता बिना विकास सम्भव नहुने टिप्पणी गरे। कोशी प्रदेशमा समृद्धिका लागि सयौं आयोजना सञ्चालन गर्ने सम्भावना रहेका कारण निर्माणमा जुट्न युवालाई उनके आग्रह थियो। युवा पुस्ता पहिले अनुत्पादक क्षेत्रमा लागेर समय बर्बाद गर्ने, समय गुज्रेपछि विदेशीको घर र देश बनाइदिन जाने गरेको भन्दै उनले देशमा विकास आयोजना बन्दा युवा पुस्ता पलायन हुनबाट रोकिने बताए ।

सकारात्मक सोच र एकता हुने हो भने पहाडमा विकास र समृद्धिका पर्याप्त सम्भावना रहेको उनको भनाइ थियो ।  अध्यक्ष ओलीले पहाडबाट बसाइँ सरेर तराई र सहरी क्षेत्रमा जानेक्रम रोक्न यसअघि निर्माण थालिएका मध्यपहाडी राजमार्ग, तमोर जलासयुक्त आयोजना, उत्तर दक्षिण लोकमार्ग र प्रत्येक पालिकामा निर्माण थालिएका पाँच शय्याका अस्पताल निर्माणले पूर्णता पाउनुपर्ने बताए।  

समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आफ्नो नेतृत्वका नेता कार्यकर्ता कोशी प्रदेशमा प्रवेश गरेपछि पहिचान पक्षधरका नेताले विरोध गरेको भन्दै उनले त्यसको अर्थ नभएको बताए। मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट शुरु भएको एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा शनिबार १७औं दिनमा पाँचथरको फिदिम आइपुगेको हो।  उक्त यात्रा आइतबार मध्यपहाडी लोकमार्गको चिवा भञ्ज्याङ पुगेर समापन हुने कार्यक्रम रहेको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...