News Portal

नेपाली कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

हिमालीसंचार संवाददाता
२६० पटक

मंसिर-२९ शुक्रबार/काठमाडौं  – नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी पुस १२ गतेदेखि बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको हो।

बैठकमा राष्ट्रिय सभाको उम्मेदवार चयन, अरू दलहरूसँगको गठबन्धन लगायतका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। आज शुक्रबार नै बसेको कार्यसम्पादन समिति बैठकले महासमिति बैठक सार्ने निर्णय गरिसकेको छ।

महासमितिको बैठक फागुन ७ गतेदेखि १० गतेसम्म गर्ने प्रस्ताव भएको कार्यसम्पादन समिति सदस्य विमलेन्द्र निधिले जानकारी दिए। यसअघि महासमितिको बैठक पुस १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय थियो। 

राष्ट्रिय सभाको चुनाव र  चिसोलाई कारण देखाएर महासमिति बैठक सार्ने निर्णय गरेका हुन् । आगामी माघ ११ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ। पार्टीले कार्यसम्पादन समितिको बैठकमा जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा समेत छलफल गरेको थियो । 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...