News Portal

मेयर साम्पाङको टोलीले प्रधानमन्त्री प्रचण्डलाई निवास पुगेर भेटे

“मेयर साम्पाङको टोलीले प्रधानमन्त्री प्रचण्डलाई जन्मोत्सवको शुभकामना समेत दिए!”

हिमालीसंचार संवाददाता
२९८ पटक

काठमाडौं – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई “साम्पाङ”, उपमेयर अइन्द्र विक्रम बेधा र धरान वडा नं. २ का वडाध्यक्ष रमेश राईले प्रधानमन्त्री पुष्पकमल दहाल “प्रचण्ड”लाई निवासमा भेट गरेका छन् ।

धरानका मेयर साम्पङको टोलीले नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई आफ्नै निवास पुगेर जन्मोसत्वको विशेष शुभकामना समेत दिएका छन्। 

धरानका टोलीले धरानका योजनाहरुको माग र समस्याहरुको जानकारी एवम् बराह सहकारी सञ्चालक, सहकारी पिडीतका विषयमा सहकारी सञ्चालन गर्न आवश्यक कानूनी जटिल्ता र अन्य सहयोगको माग गरिएको उपमेयर बेधाले जानकारी दिए। 

बराह सहकारी संस्थाका विषय लगायत धरानका विभिन्न समस्याहरुको विषयमा छलफल तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल “प्रचण्ड”लाई भेट्न धरानका मेयर साम्पाङ, उपमेयर बेधा साथै बराह संस्थाका प्रतिनिधिहरुको टोलीले प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्री कार्यालयमा भेटेका हुन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...