News Portal

  • नेकपा एमालेको संकल्प यात्रालाई सहयोग गर्न पहिचानवादीलाई एमालेको आग्रह

    हिमालीसंचार संवाददाता
    १९३ पटक

    विराटनगर – नेकपा एमालेले शुरु गरेको झुलाघाट-चिवाभञ्ज्याङ संकल्प यात्रालाई अवरोध नगर्न नेकपा एमालेले पहिचानवादीलाई आग्रह गरेको छ ।

    नेकपा एमाले प्रसार तथा प्रकाशन विभाग कोशी प्रदेसले आयोजना गरेको पत्रकार सम्मेलनमा संकल्पयात्रा पहिचावादी लक्षित नभएको भन्दै बन्द हड्ताल फिर्ता गर्न नेकपा एमालेले पहिचानवादीहरुलाई विशेष आग्रह गरेका हुन्। नेकपा एमालेको संकल्प यात्रा मंसिर २६ गतेदेखि कोशी प्रदेश प्रवेश गर्दैछ । 

    कोशी प्रदेशमा पहिचान पक्षधरले एमालेको अभियानलाई लक्षित गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । एमालेले पूर्वनिर्धारित कार्यतालिका अनुसार तीन हप्ते कार्यक्रम गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा शुरु भएको केन्द्रीय सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले बताए ।

    पूर्वनिर्धारित कार्यक्रम भएकाले कोशी प्रदेश नामकरणको विषयलाई लिएर अभियानलाई अवरोध नगर्न आग्रह गरे । उनले भने, ‘पहिचानवादीलाई एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम नगर्नुहोला । राष्ट्रिय अभियान निरन्तररुपमा अघि बढिरहेको र चिवाभञ्ज्याङ पुगेरै टुङ्गिन्छ ।’ 

    राष्ट्रिय अभियानलाई पहिचानवादीले अवरोध गर्नुपर्ने कारण नभएको भन्दै उनले कोशी प्रदेश प्रदेशसभाको दुई तिहाई बढी सांसदको समर्थनमा नामकरण भएकाले एमालेलाई मात्रै गाली गरेर, अवरोध गरेर आन्दोलन सफल नहुने समेत बताए ।

    नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले नामकरणको विषयको आन्दोलनलाई प्रदेश सभामा केन्द्रीत गर्न आग्रह गरे  । उनले भने, ‘दबाबमूलक आन्दोलन गर्ने भए कोशी प्रदेशसभामा केन्द्रीत गर्न अनुरोध छ । एमालेको यात्रामा पहिचानवादीको साइनो सम्बन्ध छैन ।’

    यस समृद्धिको यात्रामा अवरोध नगर्न आग्रह गर्दै उनले पहिचानवादीसँग संवाद गर्न एमालेले चाहेको बताए । ‘संवाद गर्न चाहेको भए आन्दोलनका कार्यक्रम फिर्ता गर्नु पर्छ,’ उनले भने । असली पहिचानवादीले एमालेको अभियानलाई अवरोध गर्न खोजेको भए आन्दोलन फिक्का मात्र नभएर अर्थहिन हुने अवस्थामा पुग्ने नेता राईले दाबी गरे ।

    मध्यपहाडी पुष्पलाल राजमार्ग केन्द्रीत अभियान आगामी मंसिर २६ गतेदेखि कोशी प्रदेश प्रवेश गर्ने कार्यक्रम छ । मंसिर २६ गते पुस २ गतेसम्म कोशी प्रदेशका ६ स्थानमा एमालेले सभा, छलफलको कार्यक्रम राखेको कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

    कोशी प्रदेशका उदयपुरको घुर्मी, तेह्रथुमको बसन्तपुर र पाँचथरको फिदिममा सभा हुने कार्यक्रम रहेको छ । अभियानले कोशी प्रदेशको ४ सय २५ किलोमिटर यात्रा रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं – हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। काठमाडौं...

    नक्खु जेलबाट रवि लामिछाने रिहा हुने तयारी, राजधानीमा तनाव

    काठमाडौं, भदौ २४ — राजधानीमा राजनीतिक तनाव उच्च स्तरमा पुगेको छ। स्रोतका अनुसार, नक्खु जेलबाट...