News Portal

विप्लवको पार्टीले घोषणा गर्‍यो देशव्यापी आन्दोलन

हिमालीसंचार संवाददाता
३५२ पटक

काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलन घोषणा गरेको छ। महासचिव विप्लवलगायत पार्टीका लगायत शीर्ष नेताहरुका नाममा काठमाडौं जिल्ला अदालतले प्रकाउ पुर्जी जारी गरेपछि विरोधस्वरुप आन्दोलन घोषणा गरेको हो।

सोमबार सो दलका नेताहरुको नाममा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। त्यसको विरोधमा नेकपाले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेको हो।

विज्ञप्तिमा आफ्ना नेताहरुलाई काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्यूँताएर २०८० मंसिर १८ गते पुक्राउ पुर्जी जारी गरिएको उल्लेख छ। अदालतले महासचिव विप्लव लगायत प्रवक्ता प्रकाण्ड, पोलिटब्यूरो सदस्य माइला लामाका नाममा पक्राउ पुर्जी जारी गरेको थियो।

उक्त कदम आफूहरुसँग सरकारले गरेको सहमति विपरीत रहेको पनि विज्ञप्तिमा उल्लेख छ। ‘अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लंघन मात्र होइन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहल माथिको विध्वंसात्मक हमला पनि हो। राज्यको जिम्मेवार निकाय अदालतमा बसका न्यायधीसले प्रदर्शन गरेको यस्तो गैरकानुनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भर्त्सना गर्दछ। साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

आफूहरुसँग गरिएको सहमती कार्यन्वन गर्न माग गर्दै नेकपाले संघर्षको कार्यक्रम घोषणा गरेको पनि उल्लेख गरेको छ। ‘यस्तो गैरकानुनी, अराजक, विध्वंसात्मक कार्यको प्रतिरोधमा उत्रिन पार्टी पंक्ति एवं न्यायप्रेमी जनतालाई अपिल गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ। नेकपाले मंसिर १९ गते साँझ मशाल जुलुस, २० गते न्यायाधीशको पुत्ला दहन र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने घोषणा गरेको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...