News Portal

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीहरुले ओखलढुंगा प्रवेश नगर्न दिए चेतावनी

हिमालीसंचार संवाददाता
३१४ पटक

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई पूर्वाञ्चलका पहिचानवादी आन्दोलनरत संघर्ष समितिले ओखलढुंगा जिल्ला प्रवेश गरेमा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

पूर्वका पहिचानवादी आन्दोलनकारीहरुले प्रदेश नं १ पुनःनामांकन संयुक्त संघर्ष समितिले सोमबार एक विज्ञप्ति जारी गरी मुख्यमन्त्री कार्कीसहित कांग्रेस नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापा र सोही दलका प्रदेश सांसद प्रदीपकुमार सुनुवार ओखलढुंगा जिल्ला प्रवेश गर्न लागेको विशेष सूचना प्राप्त भएको भन्दै जिल्ला प्रवेश गरेको खण्डमा प्रतिकार गर्ने चेतावनी दिएका हुन्। 

नेपाली कांग्रेसले मंगलबार ओखलढुंगा जिल्लामा पार्टी कार्यालय उद्घाटन लगायत कार्यक्रम राखेको छ। उक्त कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री सहितका नेपाली कांग्रेसका नेताहरु सहभागी हुने बताइएको छ ।

आन्दोलनरत संघर्ष समितिमा आबद्ध जनता समाजवादी पार्टीका प्रदेश समिति सदस्य समेत रहेका ओखलढुंगा जिल्लाका नेता धिरेन्द्र रुम्दालीले मुख्यमन्त्री कार्की, पूर्वमुख्यमन्त्री थापा र प्रदेश सांसद सुनुवार पहिचानविरोधी साबित भइसकेका हुनाले उनीहरुलाई प्रतिकार गरिने बताए ।

विगतमा पूर्वमुख्यमन्त्री थापासहित कांग्रेसका १४ वटै जिल्ला सभापतिहरुले कोशी प्रदेश नाम खारेजी आन्दोलनप्रति गम्भिरता देखाउँदै विकल्प निकाल्ने भन्दै विज्ञप्ति जारी गरेको भए पनि उनीहरुको पछिल्लो गतिविधि पहिचानविरोधी भएको रुम्दालीले स्पष्ट पारे।

संघर्ष समितिले कोशी प्रदेश नाममा मतदान गर्ने ८२ जना सांसदहरु सहभागी हुने कार्यक्रममा प्रतिरोध गर्ने घोषणा पहिल्यै गरेको थियो । ओखलढुंगा जिल्लामा यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीलाई पहिचानवादीहरुले लखेटेका थिए । सो क्रममा उनीहरुले कार्की सवार सरकारी गाडीको झन्डा समेत खोसेका थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म...

रङ्गेलीमा परीक्षा सुरु, एक महिनामै नतिजा निकाल्ने तयारीले विद्यार्थी उत्साहित

मोरङ, चैत २० – रङ्गेली नगरपालिकामा तीन स्थानमा परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित आदर्श माध्यमिक...

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...