News Portal

  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई पहिचानवादीहरुले ओखलढुंगा प्रवेश नगर्न दिए चेतावनी

    हिमालीसंचार संवाददाता
    २२७ पटक

    विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई पूर्वाञ्चलका पहिचानवादी आन्दोलनरत संघर्ष समितिले ओखलढुंगा जिल्ला प्रवेश गरेमा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

    पूर्वका पहिचानवादी आन्दोलनकारीहरुले प्रदेश नं १ पुनःनामांकन संयुक्त संघर्ष समितिले सोमबार एक विज्ञप्ति जारी गरी मुख्यमन्त्री कार्कीसहित कांग्रेस नेता तथा पूर्वमुख्यमन्त्री उद्धव थापा र सोही दलका प्रदेश सांसद प्रदीपकुमार सुनुवार ओखलढुंगा जिल्ला प्रवेश गर्न लागेको विशेष सूचना प्राप्त भएको भन्दै जिल्ला प्रवेश गरेको खण्डमा प्रतिकार गर्ने चेतावनी दिएका हुन्। 

    नेपाली कांग्रेसले मंगलबार ओखलढुंगा जिल्लामा पार्टी कार्यालय उद्घाटन लगायत कार्यक्रम राखेको छ। उक्त कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री सहितका नेपाली कांग्रेसका नेताहरु सहभागी हुने बताइएको छ ।

    आन्दोलनरत संघर्ष समितिमा आबद्ध जनता समाजवादी पार्टीका प्रदेश समिति सदस्य समेत रहेका ओखलढुंगा जिल्लाका नेता धिरेन्द्र रुम्दालीले मुख्यमन्त्री कार्की, पूर्वमुख्यमन्त्री थापा र प्रदेश सांसद सुनुवार पहिचानविरोधी साबित भइसकेका हुनाले उनीहरुलाई प्रतिकार गरिने बताए ।

    विगतमा पूर्वमुख्यमन्त्री थापासहित कांग्रेसका १४ वटै जिल्ला सभापतिहरुले कोशी प्रदेश नाम खारेजी आन्दोलनप्रति गम्भिरता देखाउँदै विकल्प निकाल्ने भन्दै विज्ञप्ति जारी गरेको भए पनि उनीहरुको पछिल्लो गतिविधि पहिचानविरोधी भएको रुम्दालीले स्पष्ट पारे।

    संघर्ष समितिले कोशी प्रदेश नाममा मतदान गर्ने ८२ जना सांसदहरु सहभागी हुने कार्यक्रममा प्रतिरोध गर्ने घोषणा पहिल्यै गरेको थियो । ओखलढुंगा जिल्लामा यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीलाई पहिचानवादीहरुले लखेटेका थिए । सो क्रममा उनीहरुले कार्की सवार सरकारी गाडीको झन्डा समेत खोसेका थिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

    काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको...

    तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर २ जनवरी २०२६ मा सांगीतिक धमाका गर्ने

    कुवेत, असार २३  — तनहुँ सेवा समाज कुवेतको १३औँ मासिक बैठक अध्यक्ष सोम बहादुर खत्रीकाे...

    नेपाली जनप्रगतिशील मोर्चा कुवेतका उपाध्यक्ष कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेका दुई युवाको उद्धार

    कुवेत, असार २३ – रोल्पा जिल्लाका भरत घर्ती मगर र सल्यान जिल्लाका नरेश कुमार वली रोजगारीको...

    भिजिट भिसा दुरुपयोग प्रकरण : छानबिन समिति नबनेसम्म आन्दोलन नरोकिने राप्रपाको चेतावनी

    काठमाडौं, असार २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति...

    बर्दिबासमा ट्रक र अटो ठोक्किँदा एकको ज्यान, दुई घाइते

    महोत्तरी, असार २३ — महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित स्मृतिपार्क नजिक आइतबार राति ट्रक र अटो...