News Portal

प्रवास दौडाहामा रास्वपा, मलेसियापछि कतार र बेलायत जाँदै रवि लामिछाने

हिमालीसंचार संवाददाता
४७१३ पटक

काठमाडौँ। महोत्तरीको जलेस्वरमा तीन दिन केन्द्रीय समिति बैठक राखेर राजनीतिक, वैचारिक यात्रा तय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास दौडाहामा निस्किएको छ।

सभापति रवि लामिछाने, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी र सह-कोषाध्यक्ष दीपक बोहरालगायत प्रवास दौडाहामा छन्।

उनीहरूले पहिलो यात्रा मलेसियाबाट सुरु गरेका छन्। लामिछानेले आफू टेलिभिजनकर्मी हुँदा पनि वैदेशिक रोजगारीमा दुःख पाएका श्रमिक, मजदुरको समस्या देखाएको र अहिले पनि त्यसैलाई केन्द्रमा राखेर काम गर्ने बताए।

सभापति लामिछानेले आफू राजनीतिमा आउनुको एउटा मुख्य कारण, विदेशमा रहेका नेपाली भएको बताएका छन्।

‘अवसर र रोजगारको लागि विदेश जानुपर्ने बाध्यता, जीविकोपार्जनकै लागि विभिन्न मुलुकमा दुख–कष्ट सहनुपर्ने परिस्थिति र स्वाभिमानमै चोट लाग्ने गरी झुक्नु पर्ने हाम्रो नियति परिवर्तन हुनुको सट्टा बढिरहेको छ। म राजनीतिमा आउनुको एउटा मुख्य कारण, विदेशमा रहेका नेपाली पनि हुन्,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि उल्लेख गरेका छन्।

रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले पनि मलेसियाबाट अभियान सुरु भएको र अन्य देशमा पनि बिस्तारै कार्यक्रम जोडिँदै जाने बताए।

प्रवासी नेपाली सम्पर्क समिति, मलेसियाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन दुई दिनअघि त्यहाँ पुगेका सभापति लामिछाने मङ्गलवार स्वदेश फर्कंदैछन्। उनी बिहीबार कतार जाने कार्यतालिका रहेको बताइएको छ।

बिहीबार कतार जान लागेका सभापति लामिछाने त्यहीँबाट बेलायत जाने तयारी रहेको पनि अर्यालले जानकारी दिएका छन्। रास्वपाका अनुसार ३० बढी देशमा प्रवास समिति बनेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...