News Portal

  • प्रधानमन्त्री प्रचण्ड दुबई उड्दा, नेपाल एयरलाइन्सले ३१ यात्रु छाडेर जहाज उड्यो

    हिमालीसंचार संवाददाता
    २०७ पटक

    काठमाडौं – प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई जादा वायुसेवा निगमले ३१ जना यात्रु छाडेर उड्यो।

    दुबईमा हुन लागेको उक्त सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री प्रचण्ड दुबई जाँदैथिए। जसका लागि राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो राति ११ः३० उडान भर्ने भनिएको नेपाल एयरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९को जहाजमा टिकट काटेका थिए। उनी अध्यागमनलगायतका प्रक्रियाका लागि पर्याप्त समय पुग्नेगरी बेलुकी साढे आठबजेतिर नै विमानस्थल पुगे।

    उनी विमानस्थल पुग्दा उडान समय भइसकेको भन्दै राणालाई भित्र छिर्न दिइएन। 

    उनले ‘११ः३० बजेको उडान तालिका रहेको जहाज अहिल्यै कसरी समय भयो?’ भनी प्रश्न गरे। तर त्यहाँ रहेका विमानस्थलका कर्मचारीले उक्त जहाज साढे ९ बजे नै उड्न लागेको जानकारी दिएपछि उनी छांगाबाट खसेजस्तै भए।

    प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिमण्डलको सहजताका लागि नेपाल एयरलाइन्सले निर्धारित समयभन्दा दुई घण्टा अगावै उडान समय संशोधन गरेको रहेछ। जुन कुरा राणाले विमानस्थल पुगेपछि मात्रै थाहा पाए।

    ‘हामीलाई फ्लाइट समय अगाडि सारिएको कुरा नेपाल एयरलाइन्सले जानकारी नै दिएन,’ फेसबुकमा लाइभ गर्दै उनले भनेका छन्,‘यसरी अन्तर्राष्ट्रिय स्तरको उडानमा भिभिआइपीको नाममा भन्दै यात्रुलाई थाहा नदिई उडान समय सारेर नेपाल एयरलाइन्सले गम्भीर लापरवाही गरेको छ।’

    त्यसपछि मात्रै आफूजस्तै ३१ यात्रु नेपालमै छाडेको थाहा भएको राणाले बताए। ‘त्यहीँ एयरपोर्टमा बाँकी यात्रु पनि अलपत्र छाडेर जहाज उडाइयो। अरु यात्रुहरूलाई पनि फ्लाइट सरेको जानकारी दिइएको रहनेछ,’ राणाले भने।

    त्यसपछि एयरपोर्टमै छुटेका यात्रुहरूलाई ज्ञानेश्वरस्थित काबेरी इन होटलमा राखिएको छ। यात्रु छुट्नुको कारण भिभिआइपी फ्लाइट भनेर एयरलाइन्सले लिखित रुपमै यात्रुलाई पत्र थमाएको छ। जसमा आज अर्को व्यवस्था गरेर दुबई पठाउने तयारी गरेको वायुसेवाले दिइएको छ। छुटेका यात्रुहरूमध्ये अधिकांस वैदेशिक रोजगारीका लागि दुबई जान लागेका युवाहरू छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

    काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको...

    तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर २ जनवरी २०२६ मा सांगीतिक धमाका गर्ने

    कुवेत, असार २३  — तनहुँ सेवा समाज कुवेतको १३औँ मासिक बैठक अध्यक्ष सोम बहादुर खत्रीकाे...

    नेपाली जनप्रगतिशील मोर्चा कुवेतका उपाध्यक्ष कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेका दुई युवाको उद्धार

    कुवेत, असार २३ – रोल्पा जिल्लाका भरत घर्ती मगर र सल्यान जिल्लाका नरेश कुमार वली रोजगारीको...

    भिजिट भिसा दुरुपयोग प्रकरण : छानबिन समिति नबनेसम्म आन्दोलन नरोकिने राप्रपाको चेतावनी

    काठमाडौं, असार २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति...

    बर्दिबासमा ट्रक र अटो ठोक्किँदा एकको ज्यान, दुई घाइते

    महोत्तरी, असार २३ — महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित स्मृतिपार्क नजिक आइतबार राति ट्रक र अटो...