News Portal

बिदेशी मिडियामा दुर्गा प्रसाई, प्रहरीले बल प्रयोग गरेको समाचारको चर्चा

हिमालीसंचार संवाददाता
३०६ पटक

काठमाडौं। समय समयमा आफ्नो बयानका कारण विवादमा परिरहने मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अहिले राजा र हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका छन्।

कुनै बेला उनी नेकपा एमालेका केन्द्रीय सदस्य थिए। सार्वजनिक कार्यक्रमहरूमा उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई “हजुरबुवा” को नाता लगाउँदै बोलिरहेका हुन्थे। उनी कुनै बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि निकट थिए।

तर केही महिनादेखि प्रसाईँले एमाले नेतृत्वको चर्को आलोचना गर्दै आएका छन्। विभिन्न माध्यमबाट उनले एमाले र उक्त दलका अध्यक्ष ओली एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध अभिव्यक्ति दिइरहेका छन्।

अहिले भने उनी प्रखर गणतन्त्रविरोधी बनेका र हिन्दूराष्ट्र तथा राजतन्त्रको पक्षमा लागेका देखिन्छन्। उनले मंसिर ७ गतेदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन्।

उनको प्रदर्शनलाई विदेशी संचारमाध्यमले पनि विशेष महत्व दिएर समाचार सम्प्रेषण गरिरहेका छन्। एपी न्युजले नेपालमा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै हजारौं प्रदर्शनकारीले प्रहरीसँग झडप गरेको कुरा उल्लेख गरेको छ।

यस्तै, रोयटर्सले पनि राजतन्त्र पुनर्स्थापनाको माग गर्दै आन्दोलनमा उत्रिएकाहरुविरुद्ध नेपाल प्रहरीले बल प्रयोग गरेको कुरा लेखेको छ।

भारतीय सञ्चारमाध्यमहरुले पनि सुरुदेखि नै पसाईको समाचार सम्प्रेषण गरिरहेका छन्। रुसी, टर्किस मिडियामा पनि प्रसाईँको आन्दोलनले स्थान पाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...