News Portal

नेपालमा राजतन्त्र हुनै सक्दैन : केपी ओली

हिमालीसंचार संवाददाता
३११ पटक

काठमाण्डाै। नेकपा एमालेका अध्यक्ष केपी शर्माले राजतन्त्र नेपालीले वाक्क, दिक्क भएर फ्याँकेको भन्दै फेरि फर्कन नसक्ने दाबी गर्नुभएकाे छ।

आज शुक्रवार पार्टी मुख्यालय च्यासलमा राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले कतिपय देशहरूले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भए पनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसाबले पनि राजतन्त्र हुनै नसक्ने तर्क गर्नुभयो।

उहाँले भन्नुभयो, ‘नेपालीले हेर्दाहेर्दा वाक्क, व्याक्क, दिक्क भएर १५ वर्षअघि नै राजतन्त्र फ्याँकेका हुन्। राजनीतिक रूपले, वैचारिक रूपले, सैद्धान्तिक रूपले, कुनै हिसाबले पनि नेपालमा राजतन्त्र हुनै सक्दैन। चेतना नै नभएकाहरूले राजतन्त्र मान्छन्। नागरिक सर्वोच्चता स्वीकार नगर्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने पनि चेतना हाे र ? त्यो त मुर्खता हो नि। कतिपय देशहरूले विभिन्न सम्झाैताका कारणले राजतन्त्र मानेका छन्। हाम्रो देशमा राजतन्त्र काम लाग्दैन भनेर नेपालीले फालेका हुन्। राजाले केही पनि गरेनन्। राजा भएर बस्ने, दुनियाँलाई दुःख दिने बाहेक के गरेँ राजाले ?’

अध्यक्ष ओलीले बल्खुमा हिजाे भएको प्रदर्शनमा पाँच/सात हजार मान्छे भन्दै वर्तमान सरकार त्यसबाट थर्कमान भएको बताउनुभयो। कुनै जग नभएकाहरूको प्रदर्शनबाट पनि वर्तमान सरकार थर्कमान भएको उहाँको भनाई थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...