News Portal

  • दुर्गा प्रसाईंलाई पक्राउ गरिदिनुपर्‍यो भनेर प्रचण्डलाई बिन्ती बिसाएको छैन : केपी ओली

    हिमालीसंचार संवाददाता
    २०५ पटक

    काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले दुर्गा प्रसाईंलाई पक्राउ गरिदिनुपर्‍यो भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बिन्ती नबिसाएको बताएका छन्।

    सोमबार पोखरामा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। प्रसाईंलाई पक्राउ गर्न ओलीले प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएको भन्ने समाचार सार्वजनिक भएको सन्दर्भमा उनले आफ्नो शीर काटिए पनि प्रचण्डसँग नझुक्ने बताए।

    ‘प्रचण्डलाई गएर मैले दुर्गा प्रसाईंलाई गिरफ्तार गरिदिनुपर्‍यो भनेर बिन्ती बिसाएँ रे! काटिएर जाओस् यो शीर बरु तर त्यस्ताहरुसँग यो शीर झुक्दैन। भोकै मर्छ बरु, घाँसका त्यान्द्रा टिप्न बाघ जाँदैन,’ उनले भने।

    दसैँअघि प्रसाईंले ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड डलर लगानी गरेको दाबी गरेका थिए। पार्टी कार्यक्रमका लागि सोमबार पोखरा पुगेका अध्यक्ष ओलीले आफूमाथि निराधार आरोप लगाएको बताउँदै पुष्टि गर्न चुनौती दिए। उनले आफ्नो लगानी रहेको पुष्टि गर्नेलाई थप एक हजार बक्सिस दिने घोषणा गरे।

    ओलीले भने, ‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु। देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस् धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु। एक हजार रुपैयाँ बक्सिस भयो, अरु ३ हजार करोड सबै भयो।’

    आफूमाथि विगतमा पनि यस्ता नचाहिँदो आरोप लगाइने गरेको उल्लेख गर्दै ओलीले आरोप लगाउनेहरुलाई ‘भुस्याहा कुकुर’को संज्ञा दिए।

    आफूविरुद्ध भारतीय मिडियाले गरेको कुप्रचारलाई मसला बनाइएको उल्लेख गरे। ओलीले आफू र श्रीमतीको नामको सबै सम्पत्ति राष्ट्रका नाममा दान गरिसकेको दाबी गरे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    जापान जाने श्रमिकसँग असुली, सर्वोच्चको कारण देखाउ आदेश

    काठमाडाैं, असार १५ – जापानमा रोजगारीका लागि योग्य भइसकेका नेपाली श्रमिकसँग अनधिकृत शुल्क असुलेको आरोपमा सर्वोच्च...

    संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती सेवा विधेयकको प्रति

    काठमाडौं, असार १५ – आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले संसद्को सदनमै विचाराधीन निजामती...

    मुगु केन्द्रबिन्दु, ४.८ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण खुल्न बाँकी

    मुगु, असार १५ — मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर आइतबार दिउँसो भूकम्पको झट्का महसुस भएको छ।...

    सुनचाँदी व्यवसायीको आन्दोलनले राजधानीका बजार ठप्प, विलासिता कर फिर्ता नहुन्जेल बन्द नै राख्ने चेतावनी

    काठमाडौं, असार १५ – राजधानीसहित उपत्यकाका प्रमुख सुनचाँदी बजार व्यवसायीहरूको आन्दोलनका कारण आइतबार पनि पूर्ण...

    नेकपा समाजवादीमा झाँक्रीको कडा सन्देश : अब मरेको सिनो काँधमा राखेर हिँड्न सकिँदैन, नेतृत्व फेरौँ

    काठमाडौं, असार १५ – नेकपा (एकीकृत समाजवादी) की चर्चित नेतृ रामकुमारी झाँक्रीले पार्टी भित्र गहिरिँदो...