News Portal

दुर्गा प्रसाईंलाई पक्राउ गरिदिनुपर्‍यो भनेर प्रचण्डलाई बिन्ती बिसाएको छैन : केपी ओली

हिमालीसंचार संवाददाता
३१५ पटक

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले दुर्गा प्रसाईंलाई पक्राउ गरिदिनुपर्‍यो भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बिन्ती नबिसाएको बताएका छन्।

सोमबार पोखरामा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। प्रसाईंलाई पक्राउ गर्न ओलीले प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएको भन्ने समाचार सार्वजनिक भएको सन्दर्भमा उनले आफ्नो शीर काटिए पनि प्रचण्डसँग नझुक्ने बताए।

‘प्रचण्डलाई गएर मैले दुर्गा प्रसाईंलाई गिरफ्तार गरिदिनुपर्‍यो भनेर बिन्ती बिसाएँ रे! काटिएर जाओस् यो शीर बरु तर त्यस्ताहरुसँग यो शीर झुक्दैन। भोकै मर्छ बरु, घाँसका त्यान्द्रा टिप्न बाघ जाँदैन,’ उनले भने।

दसैँअघि प्रसाईंले ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड डलर लगानी गरेको दाबी गरेका थिए। पार्टी कार्यक्रमका लागि सोमबार पोखरा पुगेका अध्यक्ष ओलीले आफूमाथि निराधार आरोप लगाएको बताउँदै पुष्टि गर्न चुनौती दिए। उनले आफ्नो लगानी रहेको पुष्टि गर्नेलाई थप एक हजार बक्सिस दिने घोषणा गरे।

ओलीले भने, ‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु। देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस् धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु। एक हजार रुपैयाँ बक्सिस भयो, अरु ३ हजार करोड सबै भयो।’

आफूमाथि विगतमा पनि यस्ता नचाहिँदो आरोप लगाइने गरेको उल्लेख गर्दै ओलीले आरोप लगाउनेहरुलाई ‘भुस्याहा कुकुर’को संज्ञा दिए।

आफूविरुद्ध भारतीय मिडियाले गरेको कुप्रचारलाई मसला बनाइएको उल्लेख गरे। ओलीले आफू र श्रीमतीको नामको सबै सम्पत्ति राष्ट्रका नाममा दान गरिसकेको दाबी गरे।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...